७ बैशाख २०८१, शुक्रबार

नेपालमा ओमिक्रोमको जोखिम बढ्दो अवस्थामा


ओमिक्रोम

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोम छिमेकी राष्ट्र भारतमा यसका जीवाणु फेला परेका छन् । भारतको कर्नाटक राज्यमा २ वटा केस भेटिएको थियो । यो रोग क्रमश: छिमेकी राष्ट्र भारत हुदै नेपालमा देखिन थालेको छ । यस्ता रोगको आदान-प्रदान हुनुमा मानव रहेको देखिन्छ । एक राज्यबाट अर्को राज्यमा रोग सार्न मानव नै दोषी ठहर छ ।

ओमिक्रोम अहिलेसम्म विश्वका ६० भन्दा बढी राष्ट्रमा फैलिएको अनुमान गरिएको छ । कोरोना भाइरस भन्दा अलि खतरनाक भएको केहि भारतीय संचार माध्यमको भनाइ छ । रोग जत्रोसुकै किन नहोस् लापरबाही भएमा यसले पक्का असर गर्न सक्छ । रोग नसरोस् भन्नाका लागि सिमा र हवाइ उडान बन्द गरेर एक ठाउँबाट अर्को ठाउमा सर्ने सम्भावना धेरै कम हुनेछ ।

ओमिक्रोन भेरियन्ट कोरोनाको डेल्टा भेरियन्ट भन्दा ज्यादा संक्रामक देखिएको छ । यो रोगको जीवाणु पहिलोपल्ट दक्षिण अफ्रिकामा पाइएको थियो तर अहिले विश्वका ६० भन्दा बढी राष्ट्रमा यो रोग देखि सकेको छ । यो रोग छिमेकीका मान्छेहरूबाट एक अर्कोमा सार्ने गरेको हुन्छ । यो रोगबाट बचाउने भनेकै सिमामा जाँच्ने व्यवस्था अलि कडा हुनुपर्छ ।

रोगको रोगथाम स्कुल कलेज बन्द गरेर होइन अन्तर्राष्ट्रिय आवागमन रोकेर मात्र नियन्त्रण गर्न सक्ने देखिन्छ । तर नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान भन्ने नगरिएको देखिन्छ । यस्तो अवस्थामा रोग एउटा राष्ट्रबाट अर्को राष्ट्रमा मानवद्वारा नै सर्ने गरेको हुन्छ । डेल्टा भेरियन्ट भन्दा ओमिक्रोमको लक्षण यस्तो छ । यस्ता लक्षण देखिएमा उपचार गराइ हाल्नु बुद्धिमानी ठहर छ ।

मासपेशी दुख्नु, हल्का ज्वरो आउनु, गला दुख्नु, थकान महसुस हुनु, टाउको दुख्नु,खोकी लाग्नु जस्ता लक्षण देखिएको छ । यस्ता लक्षण देखिएमा उपचार गरी हाल्नुपर्ने छ । ओमिक्रोनको दिर्घकालिन असर यस्तो देखिएको छ ।

खोप लगाएका भन्दा नलगाएकामा संक्रमण १० गुणा, सिकिस्त हुने १७ गुणा र मृत्यु २० गुणा बढ्ने अनुमान गरिएको छ । यस्ता रोगबाट बचाउन हामीले खानपिनमा विषेश ध्यान दिन सके यो रोगले खासै क्षति नपुग्ने अनुमान गरिएको छ ।

हरेक नेपालीको भान्सामा यो रोगको औषधि छ भन्दा खासै फरक छैन । यस्ता रोगलाई हामीले हटाउन सक्छौं । यो रोगमा पनि निमोनिया जस्तै असर हुने हुनाले समयमा जडिबुटीको साहेताले यसको उपचार हुन सक्ने अनुमान गरेका छौ । रोगको उपचार हामीले जुनसुकै माध्यमबाट गरेपनि ठिक होस् भन्ने हो ।

समयमा यस्ता रोगबाट आफ्ना नागरिकलाई रोगको चपेटाबाट बचाउन सवै कुरा अपनाएर हेर्नु गलत होइन । आजको यस लेखमा नोबेल कोरोना भाइरस जस्ता रोगको रोकथाम गर्न सक्ने घरेलु औषधिको बारेमा प्रकाश पार्ने जमर्को गर्दैछौं । हरेक घरका सदस्यले यस्ता औषधि बनाएर सेवन गर्नु गराउनु उत्तम ठहर्ने छ । आउनुस् औषधि कसरि बनाउनेबारे जानकारी प्राप्त गरौं ।

मह, तुलसी, अदुवा र असुरो ल्याउने र पहिलो पटक असुराको पातको रसमा तुलसी, थोरै थिचेको अदुवा राखेर पकाउने र उतारेर हल्का मनतातो भएपछि २ चम्चा काढामा एक चमच मह राखरे दिनमा २ पटक खाने चिसो पानी र बजारका सवै खाना बन्द गरेमा राम्रो सफलता मिल्ने छ । यस्ता औषधि बच्चा बुढा सबैले सेवन गर्न सकिनेछ । यो उपचार परम्परा चिकित्सा बिधिमा आधारित छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !