११ बैशाख २०८१, मंगलबार

रक्सी नभए पार्टी किन खल्लो हुन्छ नेपालमा ?


रक्सी

नेपालमा सभा होस् या पार्टी होस् या कुनैपनि काममा किन नहोस् आजकाल रक्सी वियर नभएको पार्टी हुदैन । यदि यसो गरिएन भने सायद कोही नआउन पनि सक्छ । मैले सुनेको थिए रक्सी वियर नभएको ठाउँमा को जाने मत जान्न भनेको थुप्रैको मुखबाट सुनेको थिए ।

जाँड रक्सीबाट सरकारलाई बढी कर उठेको छ भने कार्यकर्ता पनि यसै लतको पछि नाचिरहेको वर्तमान अवस्थाले देखाएको छ । यदि चुनावमा रक्सी र वियर नभइदिएको भए भोट हाल्ने मानिस पाउन समेत गार्हो हुनेथियो होला । देशको अवस्थालाई नियालेर हेर्नेहो भने सवैभन्दा नेपाली जनतालाई विगार्ने यहि तत्व बढी देखिएको छ ।

अभिभावकको गल्तिले गर्दा सन्तानले समेत पिडा भोग्नुपर्ने हुन सक्छ । रक्सी जस्ता पेय पदार्थमा प्रतिबन्ध लगाउनुपर्ने व्यक्तिले नै यस्ता पदार्थ खाएर गलत काम गर्नुलाई हजुर के भन्नु हुन्छ ? सहि व्यक्तिले खान्छ भने पनि उ भ्रष्ट हुन सक्छ । जसले गलत क्रियाकलाप गर्न उक्साएको हुन्छ । मानिस सहि भएर के गर्न ? यो पाठ हरेकले बुझ्न आवश्यक छ ।

मलाई एउटा कथा लेख्न मन लाग्यो अकबर बिरबल बाहिर घुम्न निस्केका बेला एकजना जडेहाले बाटो छेकेर हात्तीको मोल कति भनेर सोधेछ । यो सुनेपछि भोली दरबारमा हाजिर गराउनु भन्ने हुकुम भएछ ।

भोलीपल्ट दरबारमा हाजिर गराएछन् अकबरले भनेछन् मानुभाव पैसा कतिलिएर आएका छौ भनेर सोधेको उत्तरमा हात्ती किन्ने हिजो नै गइसके म मात्र आएको छु भनेछ । यहाँ हिजो उसले रक्सी खाएको थियो गलत गरेव आज उसले खाएको थिएन सहि जवाफ दिन सकेव ।

नोट : आज जतिपनि गलत काम भए सवै जाँड रक्सी जस्ता पेय पदार्थको कारणले गर्दा भए यस्ता पदार्थमा प्रतिबन्ध लगाउनु पर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !