एकादशी उत्पत्ति, महिमा र रहस्य Nepalpatraएकादशी उत्पत्ति, महिमा र रहस्य
३१ श्रावण २०७९, मंगलबार

एकादशी उत्पत्ति, महिमा र रहस्य


एकादशी

आज मार्ग शीर्ष एकादशी, एकादशी उत्पन्न भएको दिन अर्थात् उत्पत्तिका एकादशी हो । हाम्रो पूर्विय सनातनी परम्परामा चन्द्रमास अनुसार एक महिनामा २ पटक, वर्षको २४ पटक र मलमास परेको वर्ष २६ पटक आउने विभिन्न उत्पत्तिका लगायत २५ नामले युक्त ११ औं तिथि अर्थात् प्रति महिना शुक्लपक्षमा १ र कृष्णपक्षमा १ गरी आउने हरिशयनी लगायत २५ नामले विभूषित तिथि एकादशीको उत्पत्ति, महिमा तथा यस दिनको महत्वका सम्बन्धमा जिज्ञाशा राखि पुराणहरूको शरणमा पुग्दा पद्म पुराणमा एकादशी उत्पत्ति तथा पौराणिक महिमा र धार्मिक मान्यता समेतका बारेमा वर्णित पौराणिक दृष्टान्त यहाँ सङ्क्षिप्त विवेचन गरिएको छ ।

पूर्वकालमा चन्द्रावती नाम गरेको नगर थियो त्यस नगरमा ब्रह्माजीको वंशमा उत्पन्न भएको ताल जंगनाम गरेको एक महान असुर निवास गर्दथ्यो । त्यो अत्यन्तक्रुर तथा भयङ्कर थियो । त्यस्तो एउटा मुर नाम गरेको पुत्र थियो त्यो पनि आफ्नो वावु जस्तै अत्यन्त उत्कट माहा परक्रमी र देवताका लागि भयङ्कर थियो । त्यो मुर नाम गरेको असुरले स्वर्गका देवताहरूलाई परास्त गरी स्वर्गबाट निकाली अर्को एउटा असुरलाई स्वर्गको राजाइन्द्रको पदमा विराजमान गरायो ।

अग्नि, वरुण, वायु, चन्द्र, तथा सूर्य पनि आफु अनुकुल अर्कैलाई वनाई देवताहरूलाई सवै पदबाट वञ्चित गरायो । त्यस असुरबाट अक्रान्त भएका देवताहरू भगवान् शिवजीको शरणमा प्रर्थना गर्न पुगे । भगवान् शिवजीले पनि यसलाई मैले मार्न नहुने भएकोले भगवान् विष्णुको शरणमा जानभनी सल्लाह दिनु भयो, भगवान् शिवको आज्ञा पाएर देवताहरू पनि भगवान् विष्णु छेउ गई सवै वृतान्त सुनाई स्तवन गर्न लागे । तब भगवान् विष्णु उक्त मुर नाम गरेको असुर सँग युद्ध गर्न जानु भयो ।

भगवान्ले त्यस असुरका फौजलाई सुदर्शन चक्रप्रहार गरी आफू बदरीका आश्रममा जानु भयो । बदरीका आश्रम नजिक एउटा सिंहावती नाम गरेको १२ योजन लम्वाचौडा भएको गुफाथियो त्यसै गुफाभित्रगएर शयनगर्नु भयो । यतासुदर्शन चक्रले आफ्नो सेनाको संहार गरेका देखि मुर दैत्य अत्यन्त क्रुद्ध भई भगवान् विष्णुलाई मार्ने अभिप्रायले खोज्दै-खोज्दै त्यो दैत्य पनि त्यसै गुफामा प्रवेश गर्न पुग्यो र यताउति खोज्न लाग्यो । खोजतलास गर्दा त्यस दैत्यले भगवान्लाई शयन गरिरहेको देखि थाहा नदिई मार्ने विचार गर्न लाग्यो ।

मुर नाम गरेको दैत्यले मार्ने विचार मात्र के गरेको थियो शयनगरिरहेका भगवान् विष्णुको शरीरबाट अत्यन्त रूपवति, शौभाग्य शालिनी, शस्त्र-अस्त्रले सुसज्जित देख्दैमा महान पराक्रमी जस्तो भान हुने कन्या उत्पन्न भईन र मुर दानवलाई उक्साई युद्ध गर्न तयार भईन । मुर दैत्य पनि युद्ध गर्न तयार भयो तब तीकन्याले मुरलाई के हुङ्कार गरेकि थिईन त्यस दैत्यलाई हुङ्कारैले नष्ट गरी दिईन । मुर मरेपछि भगवान् जागा हुनु भयो, तब ती कन्याले भगवान्लाई विन्ति गर्दै हे भगवान् ! हजूरको प्रसादले मैले यस भयङ्कर असुरलाई नष्ट गर्न सफल भएँ भनि स्तव नगर्न लाग्नु भयो ।

भगवान् विष्णुले ती कन्यालाई वरदान दिने मनसुवा गरी वर माग्न पे्ररित गर्नु भयो । तीकन्याले प्रियवचन वोल्दै हे प्रभो ! हजूर म देखि प्रसन्न हुनुहुन्छ भने हजूरुको कृपा प्रसादले मलाई तीर्थमा प्रधान, समस्त बिघ्न बाधाको नाश गर्न समर्थ सिद्धि देवी हुने वरदान दिनु हवस् । जुन मनुष्य हजूरमा भक्ति राखि मेरो उत्पत्ति भएको दिन आज अर्थात् एकादशी तिथिका दिन उपवास वस्दछ, तिनीहरूलाई सवै प्रकारको सिद्धि प्राप्त होओस् ।

जुन मनुष्यले यस ब्रतको सवै प्रकारले पालना गर्दछन् ती मनुष्यलाई धर्म, अर्थ, काम, मोक्ष चारै पुरुषार्थ प्राप्तहो ओस् भनी वरदान माग्नुभयो । भगवान्ले पनिहे कल्याणी ! तिमीले मागेका सवै वर पूर्ण होओस् भनि तथास्तु भनी वाञ्छित वर प्रदान गर्नुभयो । जुन कन्या एकादशीका दिन भगवान् विष्णुको अंशबाट उत्पन्न भएकी कन्या नै त्रिलोकमा एकादशी नामले भुक्ति-मुक्ति प्रदान गर्न समर्थ, भगवान् विष्णुको अतिप्रिय महान एकादशी नामले प्रख्यात हुन पुगिन् र उक्त दिन पनि प्रख्यात हुन पुग्यो । यसरी एकादशीको उत्पत्ति भएको दृष्टान्तको वर्णन पद्म पुराण उत्तर खण्डको ४० अध्यायमा अध्ययन गर्न पाइन्छ । यसरी भगवान् विष्णुको अंशबाट उत्पन्न भै भयङ्कर माहाबलवान् असुरको नाशगर्न सफल ती कन्याको नाम एकादशी

स्वर्ग मोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी ।। कलत्रपुत्रदाह्येषाधनमित्रप्रदायिनी ।।–पद्मपुराण

अर्थात् स्वर्ग, मोक्ष, आरोग्य, पुत्र, मित्र, धनआदिप्रदानगर्ने यस्ती महिमातथा सामर्थले युक्त एकादशी भनेर विख्यात हुनु भयो भने भगवान विष्णु पनि त्यसै दिन देखि मुर नाम गरेको असुरको शत्रु मुरंअरि अर्थात् मुरारी भन्ने नामल ेविभूषित हुन पुग्नु भयो । जुन नाम स्मरण गर्नाले शत्रु नाश हुने विश्वास गरी सन्त महात्माहरू यसै मुरारी नामको सेवन गर्दछन् ।

*लेखक सुरेन्द्रप्रसाद सिग्देल धर्म संस्कृति अन्वेषक हुनुहुन्छ । उहाँको पाण्डव गीता तथा रामायण रहस्य नामक कृति नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !