५ जेष्ठ २०८१, शनिबार

के राजपरिवार दोषी हुन त ?


दरवार हत्याकाण्ड

के राजपरिवार दोषी हुन त ? दोषी थिएनन् तर स्वार्थमा दोषी बनाइए यही नै दुर्भाग्य थियो यो जनताले बुझ्न खोजेनन् या चाहेनन् । टुक्रा-टुक्रामा छरिएको राष्ट्रलाई एकिकरण गरेर सिंगो राष्ट्र बनाए र विदेशीलाई समेत सहयोग गर्न सक्ने र शान्ति क्षेत्र घोषणा समेत गर्नु महान् काम थियो यो सवै चकनाचुर पारियो यस्तो काम हुने गराउनेमा कानुन पनि दोषी छ भन्ने कुरा बुद्धिजीवीको मत रहेको छ ।

राजा पृथ्वीनारायण शाहले नेपाललाई एकीकृत गरेर सिङ्गो राज्य बनाउनु के गलत थियो ? नेपालीका ढुकढुकी राजा बिरेन्द्रको बंश नै नाश हुने गरि हत्या गरियो यसले कसलाई फाइदा भयो यस विषयमा जनताले बुझ्दै आइसकेका छन्, आज यसै विषयमा रहेर लेख लेख्नेछौं ।

राजपरिवारको बंश नाश गराएर फाइदा लुट्ने काम केहि व्यक्तिको देखिन्छ । हिजो राजाको शाशनका पालामा नेपालीकै छोरा प्रधानमन्त्री थिए । राजाको पालामा गरिएका सम्झौता गलत थिए तर राजाले यसको बिरोध गर्न नसक्दा राजपरिवारको बंश नाश हुन पुगेको थियो यो सवै मिलोमतोमा हुनसक्ने केहि विद्वानको मत थियो ।

राजपरिवार हत्या गरिनुको पछाडि स्वार्थ छिपेको नकार्न सकिदैन । आज सिङ्गो राष्ट्रलाई चिरा-चिरा पार्ने वाइसे चौविसे राज्यमा विभाजन गर्ने कामको थालन गरिएको छ । यस्तो कार्यले महंगी नबढ्ने कुरै भएन । राजा पृथ्वीनारायण शाहको सपनालाई टुक्राइदैछ ।

देशमा भएका उद्योग समाप्त पारेर युवा पलायन गराउने काममा तीब्रता दिइएको छ । विकासमा भन्दा भ्रष्टचार गर्न केहि लागी परेको देखिन्छ । यस्तो कार्यले हामीले एउटा कुरा बुझ्न सकिन्छ कि राजा बिरेन्द्रको हत्या सुनियोजित थियो केहि गर्न नपाउने भएकाले नै यो हत्या गरिएको भन्ने सहज अनुमान गर्न सकिन्छ ।

चाहे जेहोस् परिवर्तनको नाममा हामीले जे गरेका छौं के यो राष्ट्र हितमा छ त ? तर अहिले यो बुझ्न सक्ने कोही छैन । राष्ट्र र जनताको हितमा खासै राम्रो देखिएको छैन । गलत सोच र विचारले गर्दा मान्यजनलाई नमान्ने परम्पराको जग बस्दै आएको छ । राजपरिवारले गरेका कामको मुल्याङ्कन नहुनुमा जनता दोषी छन् ।

राजपरिवार हत्या भएको थुप्रै बर्ष हुँदा पनि हत्यारा माथि छानविन हुन नसक्नु दु:खद हो भन्दा खासै फरक छैन । हत्या पत्ता लागेमा नेपालका केहि उच्च पदका व्यक्ति तानिन सक्ने देखिन्छ कतै लहरोले पहरो भत्काउने त होइन भन्ने खतरा देखेर नै छानबिन हुन नसक्नु दुर्भाग्य हो भन्दा खासै फरक छैन ।

कानुन र कानुनको रक्षा गर्ने व्यक्ति यदि गलत भए जे जस्तो घटना पनि घट्न सक्छ । जबसम्म कानुन कमजोर हुदै जान्छ गलत व्यक्तिले यसको फाइदा उठाउदै गर्नेछ । राजदरबार हत्याकाण्ड यसैको उपज हो भन्दा खासै फरक छैन । देशको जनताको रक्षा गर्दै गलत व्यक्तिको हातबाट देशलाई बचाउने अभिभारा कानुन र कानुनको रक्षा गर्नेको हो यस्ता विषयमा सवैको ध्यान पुग्न जरूरी देखिन थालेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !