नेपालको धेरै भाग हिमाल र पहाडले भरिएको र ठुला समथल भूभाग नहुनुले पहाडमा रहेका विमानस्थलले धेरै मापदण्ड पुरा गर्न सकेका छैनन् । राजधानी काठमाण्डौको अवस्था नै तै छ । नेपालको तराई क्षेत्रमा समथल भूभाग भएपनि विजिबिलिटी बिहान र बेलुका धेरै काम हुने गर्दछ । देशको जटिल भौगोलिक बनावट र क्षणभरमै वदलिने मौसमले समेत अन्य देशका विमान चालकलाई नेपाली विमानस्थलमा जाहाज अवतरण गर्न कठिन हुने गर्दछ ।
नेपाली आकाशमा धेरै हवाई दुर्घटना हुन भएका छन् तर तिनको वास्तविक प्रतिवेदन कहिल्यै अगाडि नआएको कारणले अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ)को प्रतिवेदनले नेपाललाई रातो झन्डा दिएको छ । आईकाओले तोकेका मापदण्ड नेपालले पुरा नगरेको भन्दै नेपाली आकाश असुरक्षित भनेर आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो । साथै नेपाली जहाजको अवस्था र तिनलाई उडाउँदा अपनाउनुपर्ने सुरक्षा व्यवस्था, यससँग सम्बन्धित जनशक्तिको तालिमको अवस्थालाई आईकाओले औसत भनेको छ ।
तेस्तै प्रत्येक वर्ष नेपालको आकाश असुरक्षित भएको भन्दै युरोपेली एयरलाइन्स (ईयु) ले २०७० मंसिर २० गतेबाट नेपालको आकाशलाई कालोसूचीमा राख्दै उडान भर्न बन्द गरेको छ । हाल पनि नेपाली आकाश युरोपेली एयरलाइन्स (ईयु)को कालोसुचीमै रहेको छ ।
नेपालको जटिल भौगोलिक बनावट र कतिपय रुटमा क्षणभरमै वदलिने मौसम, पुराना जहाज, विमानचालकको गल्ती, धावनमार्गको अवस्था, सुरक्षा सम्वन्धि मापदण्डको पालनामा हेलचक्रयाईं र हवाई सुरक्षाका लागि छानविन समितिहरुले दिएका सुझाव वेवास्ता गरिनु नेपालमा विमान दुर्घटनाका मुख्य कारण मानिन्छ । तेस्तै विश्वमा विकास भएका नयाँ सुरक्षा सम्वन्धि प्रविधिहरु भित्र्याउन पहल नगर्नु, पाइलटले निरन्तर धेरै उडान गर्नु, विमान कम्पनीमा पाइलटलाई दिइने सेवा सुविधा पर्याप्त नहुनु, व्यावसायका अघि सुरक्षाका विषयलाई प्राथमिकतामा नराख्नु, उडानअघि मौसम लगायतका कारण आउन सक्ने चुनौतिप्रति गंभिर नहुनु लगायतका कुराहरु नेपालमा विमान दुर्घटनाका प्रमुख कारणहरू हुन् । तर नेपालमा भएका हवाई दुर्घटनामध्ये ८५ प्रतिशतभन्दा बढी मानवीय त्रुटिले भएको सरकारी अध्ययन प्रतिवेदनले देखाएका छन् ।
अन्तर्राष्ट्रिय उड्डयन सुरक्षासम्बन्धी प्रतिवेदनले पनि नेपाली आकाश असुरक्षति हुनुमा नागरिक उड्डयन प्राधिकरणको कमजोरी पनि देखाएको छ । नेपाली आकाश असुरक्षित हुँदा अकालमा नागरिकहरुले ज्यान त गुमाएकै छन् संगै अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा समेत नकारात्मक प्रभाव परिरहेको छ ।
विगतदेखि हालसम्म नेपालमा घटेका हवाई दुर्घटनाहरू :
सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरर्पोटमा दुर्घटना नै नेपालको इतिहासमा पहिलो हवाई दुर्घटना मानिन्छ । यस दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।
सन् १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाण्डौमा दुर्घट्ना हुँदा १४ जनाले ज्यान गुमाउनु परेको थियो भने सोही एयरलाइन्सको विमान १९५८ मा टिकाभैरभमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।
सन् १९६० नेपाल एयरलाइन्सको बिमान भैरहवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो । यस्तै नेपाल एयरलाइन्सकै विमान सन् १९६२ मा ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । सोही कम्पनीको विमान सोही स्थानमा फेरि त्यही वर्ष दुर्घटना भयो, जसमा ६ जनाको निधन भएको थियो ।
सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना हुँदा ३५ जनाको ज्यान गयो । यसैगरी १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भयो । सोही बर्ष रोयल फ्लाईट जोमसोममा दुर्घटना भयो, जसमा १ जनाको मृत्यु भएको थियो ।
सन् १९७२ मा रोयल फ्लाईट धुलिखेलमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको थियो ।
सन् १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाण्डौको बौद्धमा दुर्घटना हुँदा ५ जनाको ज्यान गयो ।
सन् १९७६ मा नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो ।
सन् १९७९ मा भिभिआईपी लाङलाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो ।
सन् १९८१ मा बिराटनगरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो ।
सन् १९८४ मा नेपाल एयरलाइन्सकै बिमान भोजपुरमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए ।
सन् १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो। जसमा २५ जनाको ज्यान गयो ।
सन् १९९२ मा थाई एयरको विमान घाङ्फेदीमा दुर्घटना हुँदा त्यसमा सवार ११३ जनाको मृत्यु भयो भने सोही बर्ष पिआइएको विमान भट्टेडाडामा दुर्घटना हुँदा १६७ जनाको ज्यान गयो, नेपाली आकाशमा भएको बसैभन्दा ठूलो दुर्घटना हो ।
सन् १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाण्डौमा दुर्घटना भयो जसमा २ जनाको मृत्यु भएको थियो ।
सन् १९९८ मा ए।टि।एस।सि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने सोही बर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो । १९९८ मा नै एनएसीको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा १ जनाले मृत्यु भएको थियो ।
सन् १९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुँदा ५ जना र लुफ्थासा एयरको बिमान भसुमासुर डाडामा दुर्घटाना हुँदा ५ जनाको नै मृत्यु भयो । सोही बर्ष नै नोकेन एयरको विमान रामकोटमा दुर्घटना हुँदा १५ र त्यही बर्ष स्काईलाईनको विमान कमवानपुरमा दुर्घटना हुँदा १० जनाको ज्यान गयो ।
सन् २००१ मा फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु भएको थियो ।
सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो भने सोही बर्ष कास्कीमा भएको सांग्रीला एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भएको थियो ।
सन् २००३ मा सिम्रिक एयरको बिमान एभेरेष्ट बेशक्याम्पमा भएको दुर्घटनामा भयो जसमा २ जनाले ज्यान गुमाए ।
सन् २००४ मा लम्जुङमा यति एयरलाइन्सको बिमान दुर्घटना हुँदा ३ जनाको ज्यान गयो ।
सन् २००५ मा रामेछापमा एयर डाइनेष्टिकको विमान दुर्घटनामा पनि ३ जनाको नै मृत्यु भएको थियो ।
सन् २००६ मा जुम्लामा यती एयरलाइन्सको बिमानमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो भने सोही बर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङ्गमा दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको थियो ।
सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घटनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही बर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जना मृत्यु भएको थियो ।
सन् २०१० मा मकवानपुरमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । सोही बर्ष खोटाङ्गबाट काठमाडौंको लागि उडेको तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।
सन् २०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भयो भने जोमसोममा भएको दुर्घटनामा १५ जनाको मृत्यु भयो ।
सन् २०१२ मा सीता एयरको विमान भत्तपुरको मनोहरामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।
सन २०१३ मा अग्नि एयरको विमान जोमसोमबाट पोखरा आउने क्रममा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो ।
सन् २०१४ मा नेपाल वायु सेवा निगमको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
सन् २०१६ मा तारा एयरको विमान म्याग्दीको जंगलमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।
सन् २०१८ मार्च १२ मा अन्तिम पटक काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिसरमा युएस बंगलाको विमान दुर्घटनामा ५१ जनाको मृत्यु भएको छ।
यसरी माथिको तथ्यांक हेर्दा नेपालको हवाई क्षेत्र धेरै असुरक्षित देख्न सकिन्छ । विमान दुर्घटना भएपछि प्राप्त प्रतिवेदनका आधारमा अब के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने स्पष्ट नीतिगत निर्देशनको अभाव रहेको र सकेसम्म विमानचालकको गल्तीको कारण हवाई दुर्घटना भएको भन्ने प्रतिवेदन अनुसन्धानको अन्त्य गर्ने प्रवृत्तिलाई हटाएर जस्ताको तेस्तै कारणसहित प्रतिवेदन सार्वजनिक हुनु आवश्यक छ । प्रतिवेदनमा दिएको निर्देशन र सुझाव मात्रै लागु गर्न सके पनि विमान दुर्घटनाको अवस्थामा सुधार ल्याउन सकिन्छ ।
ससाना यान्त्रिक कमीकमजोरी पनि अभिलेखमा राख्ने, सामयिक रूपमा त्यसको सम्बोधन गर्ने, बढी तौल, खराब मौसममा तत्कालको आर्थिक लाभ हेरी उडान गर्न प्रोत्साहन नगर्ने, विगतमा दुर्घटनाको कारणबारे सूक्ष्म अध्ययन गरी हवाई आकाशलाई सुरक्षित तुल्याउनेतर्फ नागरिक उड्डयन प्राधिकरणको ध्यान जानु जरुरी छ ।