पुस्तकको समीक्षात्मक टिप्पणी
– प्रा. डा. राजेन्द्र सुवेदी
नेपाल विश्वका विभिन्न राष्ट्रहरूमध्ये पुरानो इतिहास र अस्तित्व बोकेको राष्ट्र हो । आधुनिक नेपालको निर्माण हुनुभन्दा अगाडिको स्थितिमा यहाँको भूराजनीति अनेक राजा रजौटाहरूको अधीनस्थ थियो । तैपनि यहाँको परिचय पशुपतिनाथ, गोरखनाथ, मुक्त्तिनाथ, चन्दननाथ आदि इष्टदेवको संरक्षणमा चलेको थियो । ती मुलुकहरूमा आधिदैविक र आध्यात्मिक आस्थाको अनुशासन कायम थियो । यिनै निष्ठा र आस्थाका अनुशासनबाट युगौदेखि परिचालित बन्दै आएका यस मूलुकको भूसंरचनाले पनि प्राचीन हुन मदत गरेको छ । हिमालयको काखमा अवस्थित भहाभारत पर्वत श्रृङ्खला चुरे पहाडको बिचमा रहेका भूभागमा नै यस क्षेत्रका मानिसको अस्तित्व आरम्भ भएको कुरा आज अनेक अध्ययनहरूबाट पुष्टि हुँदै गएको थियो । वैज्ञानिक र वस्तुगत तथ्य पनि के हो भने पहाडी धरातलमा स्थलचर जीवको विकास र मानव अस्तित्व कायम भइसक्ता र त्यहाँ विशिष्ट सभ्यताको स्थापना भइसक्दा पनि आजको दक्षिणतर्फको समतल भाग जलामय भएका कारण मानव अस्तित्व आइनसकेको सन्दर्भलाई चिन्तकहरूले आफ्नो समाजविज्ञान अध्ययनको विषय बनाएका छन् । ऋग्वेद र उपनिषद् कालमै उल्लेख भएका आजका चुरे प्रदेशलाई शैवालिक भाग भनेर सम्बोधन गरिएका प्रसङ्गले हाम्रो पहाडी सभ्यताको सुदीर्घतर इहिासको साक्ष्य गरिरहेका छन् ।
शैवालिक प्रदेशको आविर्भाव त समतल भागको पानी सुक्दै जाँदा त्यहाँ बस्दै गएको पानीको झ्याउ र लेउहरू लागेर बनेको काँठेभित्ताको भाग हो भन्ने अर्थ अमरकोशकारले आफ्नो नानार्थ वर्गमा ‘केश शैवाल दुर्गमा’ भनेर सम्बोधन गरेका कारणबाट पनि स्पष्ट हुन्छ । आज जुन सभ्यतालाई भारतीय शब्दबाट सम्बोधन गरी भारतको शासनबाट परिचालित भूभागलाई भन्ने गरिन्छ, त्यो त पछि आएर भरत वंशीहरूले सत्ता कायम गरेपछिको स्थितिलाई सम्बोधन गरिएको मात्र हो । त्यस समतल भागमा मानव बस्ती र सभ्यताको विकास हुनुभन्दा पहिले नै यस नेपाल भनिने भूभागमा मानव सभ्यताको विकास भएको स्थिति प्राप्त गर्न सकिन्छ । यस भागमा रहेका हावा, पानी, नदी, जङ्गल, जीवजन्तु आदिको संरक्षण र आवास पनि प्रकृतिले अनेका ओर, गुफा आदिको नैसर्गिक निर्मिति प्राणीहरूले उपयोग गर्न थालिसकेका थिए । तिनै प्रकृतिक निवास तथा जीवनचर्याका आधारमा परिचालित सांस्कृतिक तथा सभ्यताका सन्दर्भहरू उद्भव र स्थापित बन्दै गएका पक्षहरू पनि यहाँ उपस्थापन भएको स्थिति देखिन्छ । यसबाट के कुरा स्पष्ट हुन्छ भने यो ज्ञान र प्रज्ञाको स्थिति यसै भूमिमा भएको सन्दर्भ पनि यहाँ प्रस्तुत भएको देखिन्छ । यस भूखण्डलाई ‘भारतवर्ष’ भनिनुको तात्पर्य शासकीय अर्थमा नभएर प्रज्ञा साधनारत महामनीषीहरूको अनुष्ठान, साधना र पुरश्चरणको भूमिका अर्थमा भनिएको हो अर्थ स्पष्ट भइसकेको छ ।
‘भा’ अर्थात् ज्ञानको साधनामा ‘रत’ अर्थात् समर्पण रहेको भूभाग भन्ने तात्पर्यमा यस क्षेत्रको नाम रहेको सन्दर्भ आजको वैदिक तथा पौराणिक विषयको गहन विश्लेषणबाट स्पष्ट हुन्छ । आज वैदिक तथा उत्तरवैदिक अध्ययनको निष्कर्षबाट यस कल्पका निम्ति ‘भारत’ अथवा ज्ञान साधनाको भूमि र यसको पवित्रता, यसको महिमा निकै गम्भीरता निरूपण गर्ने अवस्था आएको छ । पौराणिक सन्दर्भमा आइपुग्दा भने यस भागको महत्व निकै अग्रगतिमा विकसित बन्दै गएको स्थिति पनि प्रकटमा आएको छ । वैदिक कालमा रहेका कौशिक तथा याज्ञवल्क्य, पराशर, सोम, आत्रेयलगायतका महर्षिहरूको उपस्थिति पनि यहाँ नै भएको देखिन्छ । वेद तथा उपनिषद्हरूले स्थापना गरेका ज्ञान साधनाका तथ्यसँग जोडिएर आएका मन्त्र तथा ऋचानिर्माता पूर्वजहरूको साधना स्थल पनि यही भूमि थियो भन्ने कुराको पुष्टि मिल्दछ । यस स्थितिको उत्तरकालमा रामायण कालमा वशिष्ठ र वाल्मीकि, भरद्वाज, परशुराम आदिको उपस्थितिले नेपालको मौलिक पहिचान उत्तरवैदिक तथा प्राक्पौराणिक समयखण्डमा नै यस धरातलमा रहेको स्थिति पनि यहाँ सान्दर्भिक बनेको छ ।
साधना तथा चिन्तनमा एउटा जीवन मात्र होइन पुस्तौँपुस्ता जीवन अर्पण गर्ने महा मनीषीहरूको योगदानबाट नै यस भूमिले आफ्नो प्रतिष्ठा आर्जन गरेको हो । यिनै महामनीषीहरूको अस्तित्वबाट आजसम्म पनि यस भूभागको महिमालाई उत्कर्षता प्राप्त भइरहेको स्थिति पनि सान्दर्भिक नै देखिन्छ । महाभारत तथा अन्य पुराणहरूमा नेपालको महत्वको तथा पवित्रताको गुणगान अभिव्यञ्जित बनेको स्थितिको साक्ष्य गरिरहेका छन् । स्कन्दपुराणको हिमवत्खण्डमा वर्णित नेपालको महिमा र यस अद्यावधिक प्राप्त गरेको प्रतिष्ठा पनि यहाँ बिस्तारै उपस्थापन भएको देखिन्छ । यस उपस्थापनलाई नेपालको प्राचीन इतिहाससँग संयोजित बन्न आउने गोपालवंशी, किराँतवंशी इतिवृत्तहरू आधुनिक नेपालका कडी बनेका छन् । आधुनिक नेपाल निर्माणको पूर्वपीठिकामा देखिने लिच्छविवंशी, मल्लवंशी राजाहरूको इतिहासको प्रस्थानबिन्दुबाट शाहवंशीय इतिवृत्तले स्थापना गरेको नेपालको भूपरिधिभित्र नै माथि वर्णित स्थानहरूको प्रतिष्ठा देख्न पाइन्छ । शाहवंशीय शासकहरूको हातमा आएका नेपालले आफ्नो नयाँ परिचय पुनःस्थापन गर्दै गएको देखिन्छ ।
यहाँ नेपालको महिमाको प्रसङ्ग नेपाल महात्म्यको नेपाली संस्करणका निर्माता तथा नैष्ठिक साधक श्री मधुसूदन सुवेदीको योगदानका सन्दर्भले यो लेखन कार्यका निम्ति मलाई पनि उत्प्रेरणा मिलेको छ । यस ग्रन्थका ग्रन्थकारको लेखन यात्रा निकै उर्वर छ । उनका कृतिहरू धर्मकर्म, पूजाअर्चना विधिविधानमा, अनुष्ठान उद्यापनजस्ता वैदिक आचार तथा पुरश्चरण, सदाचार विधिमा र साहित्यिक भाव संवेदनामा आधारित रहेका छन् । ती मध्ये धर्मकर्म पूजा अर्चनाको विधिविधानमा केन्द्रित उनका कृतिहरू दैविक र पैत्रिक पूजा र श्रद्धार्चनामा आधारित रहेका छन् । तिनमा दैविक अर्चनामा केन्द्रित कृतिको विवरण यस्तो छ—
उदाहरणका निम्ति शारदीय दुर्गा पूजाविधि (सं. ५–२०७१), सरलीकृत सत्यनारायण पूजाविधि (सं. १०–२०७३), सरलीकृत लक्ष्मी पूजाविधि (२०६६), सरलीकृत महालक्ष्मी पूजाविधि (२०६४), प्रदोष व्रत पूजाविधि (२०७२), वटसावित्री व्रत पूजाविधिसहित (२०६९), कालिका र दुर्गा उपासनाविधि (२०६५), सरलीकृत कालसर्पयोग शान्तिविधि (सं. ७–२०७२), सरलीकृत सोमवार शिव व्रत पूजाविधि (सं. ३–२०७१), सरलीकृत चतुराशिति सिद्ध पूजाविधि (२०६८) सरलीकृत मूलादि जनन शान्तिविधि (सं. ३–२०७२), सरलीकृत लक्ष्यदीप्रज्वलन पूजाविधि ((सं. ५–२०७४), सरलीकृत दीक्षामन्त्र उपासना तथा व्रत प्रतिष्ठाविधि (२०७०), सरलीकृत मार्कण्डेयाद्यष्ट चिरञ्जीवी पूजाविधि नवग्रहादि पाठसहित (सं. ५–२०६५), सरलीकृत अग्निस्थापना विधि (सं. १०–२०७३), सरलीकृत शिलान्यास विधि (सं. ५–२०७३), सनातन दैनिक पूजाविधि तथा वार्षिक पर्व निर्देशिका (सं. ६–२०७३), सरलीकृत स्वयंम्बर पटलाञ्छन पूर्वाङ्ग ग्रहशान्तिसहित विवाहविधि (सं.७–२०७४), अर्क कुम्भ विष्णुप्रतिमा अश्वत्थ विवााह विधि (२०७२), गणेशचौथी पूजाविधि कथासहित (२०७२), सरलीकृत ग्रहशान्त्यग्निस्थापन, चूडोपनयन वेदारम्भ समावर्तनविधि (सं. ६–२०७३), ग्रहशान्ति कर्मप्रयोगविधि (२०६७), सरलीकृत हरितालिका र ऋषिपञ्चमी पूजाविधि (सं. ५–२०७२), सम्पूर्ण एकादशी महात्म्य सरल पूजाविधिसहित (सं.४–२०७०), सम्पूर्ण एकादशी महात्म्य सरल पूजाविधिसहित मूल पाठ (२०७२), श्री गणेश सहस्रनाम पूजाविधिसहित (सं.४–२०७१), श्रीशिव पूजाविधिसहित रुद्राष्टाध्यायी (सं. ७–२०७४), सरलीकृत पूर्णिमाव्रत चन्द्रमा पूजाविधि (२०६५), सरलीकृत मासिक श्राद्धविधि (२०६६), श्री स्वस्थानी व्रतकथा सरल पूजाविधिसहित (२०७०), नारायण बलि प्रयोगविधि (२०६८), श्री वैभवलक्ष्मी पूजाविधिसहित व्रतकथा (सं. ४–२०७२), देवदेवीमूर्तिनां स्थिरप्राणप्रतिष्ठाविधि (सं. २–२०७४), सप्ताह मण्डप पूजाविधि (सं. ४–२०७४), अश्वत्थ वटोद्यापनविधि (सं. २–२०७२), वेदोक्त गृहवास्तु शान्तिप्रयोगविधि (सं. ५–२०७४), तुलादानविधि (सं. ३–२०७४), मङ्कलवार गणेश पूजाविधि व्रतकथासहित (सं. २–२०७२), आदित्यवार सूर्यपूजाविधि व्रतकथासहित (सं. २–२०७२), कार्तिकशुक्ल एकादशी तुलसीविवाह पूजाविधि (सं. २–२०७४), श्रीदुर्गासप्तशति पाठ, दुर्गापूजाविधिसहित (२०६९), सन्तोषीमाता व्रत पूजाविधिसहित (सं. २–२०७०), श्री ऋषितर्पणी पूजाविधि तथा श्रावणी पद्धति (सं. २–२०७३), विविध सङ्गल्प सòह २०७१), आवश्यकीय पूजासामाग्री सङ्गालो (सं. २–२०७३), कालिका दुर्गा तथा पाञ्चायन देवीदेवता उपासनाविधि (२०७०), विश्वकर्मा पूजाविधि (२०७४), कुलपूजाविधि (२०७४), श्री सरस्वती पूजाविधि (२०७२), जस्ता कृतिहरू प्रकाशमा आएका छन् ।
यसरी नै उनका पैत्रिक पक्षमा केन्द्रित कृतिहरू पनि प्रकाशमा आएका छन् । तिनले पनि कर्मकाण्डका निहित जटिलतालाई सरलीकृत रूप प्रदान गरेको छ । त्यस्ता कृहिरू हुन्— सरलीकृत तर्पणैकोदिष्ट पार्वणैकपार्वण तीर्थश्राद्धविधि (सं. १३–२०७४), तीर्थश्राद्धविधि रामगीता सहित (२०७४), सुवेदी कुलदेवता पूजाविधि (२०७२), सरलीकृत अन्त्य पद्धति (सं. ११–२०७३) लगायतका कृतिले पनि उनको कृतित्वको साक्ष्य गरेको छ । सुवेदी कर्मकाण्ड विधिबाट मुक्त रहेर पनि आफ्नो लेखनकार्यलाई गति दिने व्यक्तित्व हुन् ।
हिन्दू सनातन परम्परा र यसका आदर्शलाई व्यावहारिक प्रविधिलाई जीवनमा उतार्ने निर्देशसहित तयार गरिएका उनका अन्य ग्रन्थहरू नेपाली र अङ्ग्रेजी भाषामा समेत लेखिएका छन् । तिनमा नेपालीमा लेखिएका कृतिहरू हुन्— हिन्दूसदाचार पद्धति (२०४२), पुस्तकालय विज्ञानको उपादेयता (२०४२), हिन्दू विवाहकोे इतिहास (२०५६), सनाातन हिन्दू धर्म तथा संस्कार (सं. २–२०६७), श्री पशुपतिनाथ र द्वादश ज्योतिर्लिङ्ग (२०६८), आवश्यकीय स्तोत्र पुष्पाञ्जलि (२०६८), नेपाल अधिराज्यको चतुषष्ठी स्वयम्भू सिद्ध ज्योतिर्लिङ्ग एवं पशुपति दर्शन महिमा (२०६७), आशौच निर्णय (२०६९), श्री गरुडपुराण (सं. ३–२०७३), श्रीकृष्ण जन्माष्टमी (सं. २–२०७३) अदुःख नवमी (२०६९) आदि प्रकाशमा आएका कृतिहरू हुन् । यिनमा हिन्दू चिन्तन र मर्मलाई विषयको संवेदना प्रदान गरिएको स्थिति देखिन्छ । यिनै विषयलाई केन्द्रमा राखेर अङ्ग्रेजीमा लेखिएका अन्य कृतिहरूमा Fundamental of Library & Information Science on Nepalese Response (2047), Om Age Old Eternal Hindo Religion & Sacrament (2060) History of the Aryan Marriage a Sacrament (2066) पनि प्रकाशित भएका छन् ।
यसरी नै सुवेदीले साहित्यिक संवेदना समेटेर लेखेका कृतिहरू पनि प्रकाशित भएका छन् । तिनको विवरण यस्तो छ— स्वर्गीय समाजसेवी स.से. ऋषि सुवेदीको सम्झनामा शोक काव्य (२०४७), सनातन विशेष चाडपर्व तथा धार्मिक लेख (२०६३), तीर्थ यात्रा संस्मरण (सं. २–२०७०), अमरनाथ तीर्थयात्रा संस्मरण (२०७१), उत्तराखण्ड तीर्थयात्रा संस्मरण (२०७४), अध्यात्मरामायण सुन्दरकाण्ड (२०७१) तथा हनुमान पूजाविधि सहित हनुमान चालिसा नेपालीमा रूपान्तर (२०७२) र नेपाल महात्य (२०७४) जस्ता ग्रन्थले सुवेदीको चिन्तनलाई गति प्रदान गरेको छ । यी कृतिहरूमा सुवेदीको सृजन तथा अन्वेषण र सांस्कृतिक चेतनालाई सार्वजनिक गर्ने काम भएको छ ।
नेपाल महात्म्य नामक प्रस्तुत ग्रन्थलाई ग्रन्थकार श्री मधुसूदन सुवेदीले अद्र्धमौलिकता प्रदान गर्दै तयार देखिन्छ । नेपालको सांस्कृतिक उर्जा, ऐतिहासिक र नेपाली समाजका आध्यात्मिक उर्जा, आदिकालेखि नेपाली जीवनका विशिष्टताहरूसँग वर्तमानसम्म पनि जोडिएर आएका र जीवनलाई मार्ग निर्देश गरिहेका र बँचेका मूल्यहरू यहाँ रहेका छन् । तिनका वैशिष्ट्यले नेपालको स्थानको, नेपालको सम्मान र नेपालीको स्वाभिमानसमेतको विश्वस्तरमा परिचय प्रक्षेपण गरिरहेका छन् । यस ग्रन्थले नेपालको उत्तरवैदिक कालदेखि पौराणिक कालको समय सीमासम्मका महŒवलाई साधिकार प्रस्तुत गरेको छ । पौराणिक सभ्यतासँग जोडिएका आख्यान सूत्र, ती आख्यानसूत्र सम्बद्ध पात्र र तिनका सम्पर्कमा आउने नेपालबाहिरका प्राग्ज्योतिषपुर अर्थात् आजको पूर्वोत्तर भारतको कामरूप, आजको द्वारका र श्रीलङ्का अनि आजका भारतीय भूभागका र पौराणिक कालका स्थाननाम तथा पात्र र घटना नामका सन्दर्भहरू प्रस्तुत ग्रन्थमा समाहित भएका छन् । यस ग्रन्थबाट नेपालको परिचयलाई उपस्थापन गरिएको देखिन्छ । यसले नेपालको वैदिक, पौराणिक, ऐतिहासिक स्थितिलाई उपस्थापन गरिरहेको सन्दर्भ पनि उपस्थापन गरेको छ । नेपाल के हो भनेर विदेशीले प्रश्न गर्दा नेपालको आधुनिक भौगोलिक नक्सा र पर्यटकका मार्ग निर्देशकले चिनेको नेपाल मात्र नेपाल हो भन्ने सीमित ज्ञान लाभ गरेर ढुक्क पर्नु पर्ने स्थितिमा यसले नयाँ ज्ञानद्वार खोलेको छ । यसले यथास्थितिको ज्ञानको घेरामा ढुक्क नपरेर बाहिर निस्किनेहरूका निम्ति प्रस्तुत ग्रन्थले नयाँ क्षितिजको उद्घाटन गरिदिएको छ ।
यस ग्रन्थको अध्ययन गरेमा नेपालको चिनारीका निम्ति कम्तीमा पनि कक्षा १० सम्म पुगेका विद्यार्थीहरू सभ्यताका दृष्टिले नेपाली बन्न सक्छन् । सांस्कृतिक दृष्टिले पनि नेपाली हुन सक्छन् । ऐतिहासिक दृष्टिले नेपाली मूलको हुँ भन्न सक्छन् । अनि भौगोलिक र राजनीतिक दृष्टिले पनि नेपाली बन्न सक्दछन् । यस अर्थ प्रस्तुत ग्रन्थ सर्वप्रथम नेपाल परिचय हो र यसले नेपालको प्राग्इतिहास, मध्यकालीन इतिहास र आधुनिक इतिहासको पृष्ठभूमिसमेत सम्प्रेषण गर्ने क्षमता प्रदर्शित गरेको छ । ग्रन्थकार श्री मधूसूदन सुवेदीले दिएको योगदानको अलग्गै चर्चा गर्न सकिने स्थिति त छँदैछ । यहाँ थप कुरा के पनि भन्न सकिने अवस्था छ भने अधुनातन चिन्तनका दृष्टिले नेपालको सांस्कृतिक र धार्मिक महŒवको साक्ष्य पनि यस कृतिले गरेको देखिन्छ । त्यस कारण पनि नेपाल महात्म्यको नेपालीकरण आफैमा एक महŒवपूर्ण विषय बनेको स्थिति छ ।
अन्तमा ग्रन्थकार आफैमा प्रशंसाका पात्र बनेका छन् र यसको प्रकाशनबाट नेपाली वाङ्मयको भण्डार आफैमा समृद्ध बनेको छ । यस्ता ग्रन्थहरूको लेखनमा लेखकलाई अभैm पनि प्रेरणा मिलिरहोस् । नेपाली पाठकले नयाँ नयाँ बौद्धिक तथा सांस्कृतिक खुराक प्राप्त गरिरहून् । यिनै कामनासाथ यस लेखनलाई विराम दिनु सान्दर्भिक ठहर्छ । अस्तु !!
Email : [email protected]