१२ आश्विन २०८१, शनिबार

सार्स (कोभिड-१९) बारे यस्तो छ रोचक जानकारी


कोरोना

सार्सबारे आज मलाई केहि भन्न मनलाग्यो खास गरी यो रोग सन् २००२ मा सिभिअर अक्युट रेस्परटरी सिन्ड्रोम (सार्स) नामले परिचित थियो तर अहिले त्यही रोगको पहिचान कोभिड-१९ को रूपमा गरिदैछ ।

यो रोगका कारण धेरै मान्छे नमरेका होइनन् तर त्यति बेला अहिले जस्तो मेडिया थिएन । यो भाइरसले गराउने श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । यो रोग पैदा गराउने एकप्रकारको बन बिरालो जसलाई सिभिट क्याट भनिने बनबिरालोको माध्यमबाट मानिसमा सरेको हुनसक्ने अनुमान वैज्ञानिकहरूले गरेका थिए ।

चीनका केहि व्यक्तिहरूले यसको मासु चाख मान्दै खाने गर्दथे भन्ने केहीको भनाई छ । सन् २००२ देखि २००३ सम्म यो रोग दुई पटक देखिएको थियो भने सन् २०१९ मा यही रोग सार्सलाई नोबेल कोरोना भाइरस नामले देखिएको छ ।

पहिलो पटक यो रोग पनि चाइनाबाटै फैलिएको थियो भने सन् २०१९ मा पनि चीनबाट फैलिएको हुनसक्ने अनुमान गरिएको छ । सार्स हावाबाट पनि सर्छ । रुघामा जस्तै संक्रमित व्यक्तिले खोक्दा हाछ्युँ गर्दा थुकको सूक्ष्म थोपाबाट यो फैलिन्छ ।

यस्ता रोग लागेका मान्छेको नजीक नबस्ने बसेमा मास्क लगाउने भनिए तापनी यो रोग हावाबाट पनि सर्ने हुनाले खानपिनमा लापरबाही नगर्नु निमोनिया भएकाहरूले स्वास्थ्यमा बढी ध्यान दिनुपर्ने हुन सक्छ । यहाँ हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा सन् २००३ मा देखिएको रोग सार्स अहिले सन् २०१९ मा कसरी नोबेल कोरोना हुन पुग्यो ।

यदि यो रोगको पुनरावृत्ति भएकै हो भने हरेक परिवारमा देखिन सक्छ । यो रोगले मानिसलाई निमोनिया बनाउने हो सहि उपचारको अभावमा मान्छे मर्छ यस्मा दुईमत छैन । हामीले यो रोग नयाँ नभई पुरानै रोगको पुनारावृति भएको सम्झनु पर्दछ ।

यस्ता रोगको पुनरावृति हुदै जाँदा समयमा सवै कुराको बन्दोबस्ती नहुँदा हरेकले दु:खको सामना गर्नुपर्ने हुन सक्छ । स्वस्थ्य धन हो पैसाका लागि स्वास्थ्यलाई जोखिममा नपारौ भन्ने हाम्रो राय छ । योग्य डाक्टरको रेखदेखमा उपचार गराउदै जानाले यसको उपचार हुन सक्ने देखिन्छ ।

हाल नेपालमा सवैभन्दा बढी प्रदुषण हावा र फोहरको छ । फोहर व्यवस्थापन नहुँदासम्म स्वासप्रस्वास सम्वन्धी रोग घट्ने होइन बढ्न सक्ने भएको छ । दम, खोकी आजकाल हरेक घरमा देखिदैछ ।

यस्ता रोग कमजोर परिवारमा भए उपचार नपाई मर्नुपर्ने बाध्यतालाई समयमा चेकजाँच गर्नुपर्छ भन्ने चेतना अझ पनि जाग्न नसक्नुलाई दुर्भाग्य भन्दा खासै फरक छैन। अबको समय भनेको समयमा आफ्नो र सवै परिवारको रोग परीक्षण गराएर उपचार गर्नु गराउनु सवैभन्दा ठूलो बुद्धिमानी ठहर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !