११ बैशाख २०८१, मंगलबार

नोबेल कोरोना भाइरसबारे हाम्रो बिचार यस्तो छ


कोरोना भाइरस

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वमा मानव संहार गरेको देखिन्छ । यो सिलसिला कहिलै समाप्त नहुने निश्चित छ । यो जस्ता अनगिन्ती भाइरसको चपेटामा पर्दै जादा यसको उपचारको खोप बन्न नसक्ने निश्चित भएको छ ।

सवैभन्दा पहिलो प्राथमिकता हामीले स्वास्थ्यलाई दिनुपर्ने हुन्छ । स्वास्थ्य धनहो लापरबाही गरे ज्यान जान सक्छ । रोगको चपेटामा परेका हरेक व्यक्तिले स्वास्थ्यमा लापरबाही गर्नुको परिणाम मृत्यु वरण गर्नुपर्ने बाध्यता भएको देखिन्छ ।

हामीले यो कुरा बुझ्न आवश्यक छ कि आफ्नो स्वास्थ्यप्रति कसरी सजग हुन सकिन्छ । आज हाम्रो वरीपरि अनगिन्ती जडिबुटी छन् जसको साहेताबाट हामीले यो जस्ता रोगबाट आफुलाई बचाउन सक्नेछौं ।

भाइरसको रोकथाममा प्रयोग हुने खालका जडिबुटीको पहिचान गराएर उपचार गराउन सके समयमा रोग बढ्नबाट समेत रोक्न सकिनेछ । यसका लागि हामीले जडिबुटीको पहिचान गर्न आवश्यक छ । यस्ता जडिबुटीमध्ये हामीले गुर्जो र असुरोलाई लिन सक्छौं ।

यस्ता जडिबुटीमाथि अनुसन्धान गरेर हरेक नागरिकलाई खान आग्रह गरिन्छ भने यसले नागरिकलाई रोग बढ्न बाट रोक्न सकिनेछ । हरेक काममा परनिर्भर भए हामीले आफ्नो नागरिकको हित कदापि गर्न सक्ने छैनौ ।

आजको लेखमा मैले गुर्जो र असुरोको बारेमा छोटो जानकारी पस्कने छु । हाम्रो अनुमान अनुसार यदि यस्ता औषधि कोरोना भाइरसमा प्रयोग गरेर हेर्न सकिन्छ भने राम्रो फाइदा लिन सक्ने देखिन्छ । गुर्जो लामो समयदेखि ज्वरो आएको बेला बढी प्रयोग हुने औषधि अन्तर्गत पर्दछ । रूघा, खोकी दममा दुबै जडिबुटीको प्रयोग हुने गरेको देखिन्छ ।

समय-साक्षेप हामीले आफ्ना पब्लिकलाई जडिबुटी दिएर बचाउन सकिन्छ भने ठूलो ढुकुटी खर्च हुनबाट रोक्न सकिनेछ । देशको आर्थिक स्थिति कमजोर भएको अवस्थामा जडिबुटीबाट उपचार गराउन ठिक हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !