यो पर्व नेपाल तथा भारतीयहरूको प्रमुख पर्वको रूपमा मान्ने गरेको पर्व हो । यो पर्व प्रत्येक बर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरेको पाइन्छ ।
हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको देखिन्छ ।
यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली विविध रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण इतिहास हामीले माथि भनिसकेका छौं ।
अहिले साना-साना बालबालिकामा होलीको महत्व बढी देखिएको छ । यो पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ भन्ने चलन थारू समुदायमा देखिन्छ । यो पर्व विशेषगरी थारू समाजमा बढी खेल्ने गरेको पाइन्छ । यो पर्वमा होली खेली सकेपछि विविध परिकारका खाना खाने प्रचलन बढि देखिन्छ ।
यो पर्वमा जात जाती धर्म नहेरी मनाउने पर्व होली भएको देखिन्छ । होली पर्वको रौनक हरेक वर्ष नेपाल भारतमा देख्न सकिन्छ । हामीले आफ्नो धर्म संस्कृतिलाई भुल्नु हुदैन । यस्ता पर्वको प्रभाव स-सानामा बढी देखिन थालेकाले यो जस्ता अन्य पर्वलाई सरकाले मान्यता दिने विदा दिने जस्ता काममा कन्जुसाई नगर्नु ठिक हुनेछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।