पशुपतिनाथमा जे काम भएको छ, धेरै राम्रो भएको देखिन्छ । हामीले आफ्नो इस्ट देवताको पुजा गर्नुपर्छ । यसरी पुजा गर्नाले कहिन कही शक्तिको संचार भई ज्ञान बढ्न गई सबैको कल्याण हुन सक्छ । विदेशीले धर्मको लागि ठूलो धनराशी खर्च गर्ने गर्दछन् । ठूला मन्दिर, कलेज खोलेर धर्मको जग बलियो बनाउनुको साथै सामुहिक भजन कृतन गरेका हुन्छन् यो त नेपालका लागि सामान्य कुरा हो ।
धर्मको परिवर्तनसम्म गर्नका लागि ठूलो धनराशी खर्च गरेर देश विदेशमा चर्च, मस्जित खडा गरिरहेका देखिन्छन् भने हामीले सुनको जलहरी राखेर पुजा गर्नुलाई गलत अर्थ लगाउनु गलत हो । तर पुजारी विदेशबाट ल्याउनु भन्दा नेपाली नै भइदिएको भए अझ राम्रो हुने थियो । यो मेरो मान्यता हो । जे छ नेपालमा रहनुपर्छ । थोरै पैसा बाहिर जानु भनेको नेपालीको पसिना बाहिर जानु हो यस्तो कार्य नेपालीबाटै नहोस् भन्न चाहन्छु ।
हुन त नेपालीहरू धर्म संस्कृति प्रती झुकाव नदेखेर होला इन्डियाबाट पुजारी ल्याउनुपर्ने बाध्यता भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । मैले बुझे अनुसार धर्म संस्कृतिको रक्षा गर्न ठूलो धनराशी विदेशीले खर्च गरेको देखिन्छ । हामीले आफ्नो धर्मको रक्षा गर्न नसकेर बिदेशीलाई खुसी पार्न कतै धर्मको राजनीति त भएको छैन भन्ने लागेको छ । हामीले धर्मको राजनीति होइन देशको लागी केहि गर्न सक्नुपर्छ ।
उदाहरणको लागि कृष्चियन धर्म फैलाउन कलेजहरू देश विदेशमा स्थापना गरेर धर्मको प्रचार गरेको हामीले देख्न सकिन्छ । यसलाई हामीले गलत भन्दैनौ । तर प्रधानमन्त्रीले पशुपतिनाथमा जलहरी राखेर गरेको काम प्रशंशनीय काम गर्नु भएको छ । यस्ता काम धेरै पहिले गर्नुपर्ने थियो तर ढिलो भएपनि राम्रो काम भएको छ ।
अब हामीले धर्म संस्कृतिको रक्षाको लागी समस्कृतिको विकास गर्न आवश्यक हुदैछ । त्यसका लागि संस्कृति विधालय स्थापना गरेर पुजारी समेत उत्पादन गर्न थाल्नु पर्छ । पशुपतिनाथको नामबाट भजन कृतन हप्तामा एकपटक अवश्य गर्नुपर्छ र देशभित्र यो निएम लागु गर्न सके हरेक नेपाली एकताको सुत्रमा बाधिन सक्नेछन् ।
परिवर्तन भनेकै यहि हो हामीले परिवर्तन गर्न अरू के नै सकिन्छ । यदि शक्ति छ भने पशुपतिमा छ । मैले देखे अनुसार पशुपतिनाथ कै कृपाले आज नेपालीलाई रक्षा गरेको अनुभव गर्न सकिन्छ । कमरेडले भगवानको शक्तिको अनुभव गरेरै हिजो चादीको जलहरीको ठाउँमा सुनको जलहरी राख्नुभएको हुन सक्छ । यस्तो कार्यले उहाँप्रति र राष्ट्रपतिप्रति भगवानले निर्देश दिएरै यो काम गर्न हिम्मत आएको हुन सक्छ ।
हामीले शुद्ध हुनको लागि सुन चोभेको पानी पिउने प्रमप्रा बैधिक कालदेखि रहेको अनुमान गर्न सकिन्छ । धर्म संस्कृति जसरी नेपालबाट समाप्त पारे देखि नै विदेशीको चलखेल नेपालमा सुरु भएको सहज अनुमान लगाउन सकिने भएको छ । यस्ता काम हुनुलाई गलत भन्नु संक्रीण विचारलाई लिन सकिन्छ ।
अन्य राष्ट्रले जसरी धर्मको आडमा देशलाई धेरै अगाडि ल्याउन सफल भएका छन् त्यसरी नै हामीले पनि धर्मको रक्षा गर्दै अघि बढ्न आवश्यक हुदैछ । यदि यसो गरिएन भने हामी धेरै पछाडि पर्दै जानेछौं । कुनै पनि राष्ट्रको उत्थान धर्म संस्कृति र संस्कारमा अल्झिएको हुन सक्छ । धर्मलाई अफिम भन्नेहरु नै गलत संस्कारमा अल्झिएकै हुनाले देशमा भ्रष्टाचार मौलाएको छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।