७ बैशाख २०८१, शुक्रबार

पत्रकारलाई दवाउन खोज्नु भनेको वाक स्वतन्त्रतामा अंकुश लगाउनु हो


ऋषि धमला र नारायणकाजी श्रेष्ठ

लोकतन्त्रमा पत्रकारलाई समेत बोल्न नदिने चरित्रको विकास हुदैछ के यो जायज होत ? यस्ता विषय उपर हरेकको ध्यान जान जरूरी छ । देशको विकासमा पत्रकारको भुमिका ठूलो हुनसक्छ । युट्युबमा नेताले पत्रकारलाई धम्क्याउदै गरेको दृष्य हामीले पायौं यो नितान्त गलत छ ।

पत्रकारले राष्ट्रको छविलाई धमिलो पार्ने खालको भाषण गरेमा रोक्नु जायज हो तर देश तथा जनताको हितमा बोल्न नपाउनु गलत हो । पत्रकारले सोधेको जवाफ पाउनु नैतिक दायित्व हो तर जवाफको उत्तर नपाउनु गलत हो ।

आज पत्रकारमाथि वाक स्वतन्त्रतामा अंकुश लगाउने काम हुदै गर्दा यो देशले कसरी निकास पाउन सक्ला । जनता सामु सुसुचित गराउने सवैभन्दा ठूलो हात पत्रकारको हुन्छ । देशमा घट्ने हरेक घटनाको प्रदाफास गर्ने काम नेताको होइन पत्रकारको हो ।

पत्रकार नभएको भए देशमा गलत काम हुदै जाने थियो गलत काम रोक्नमा पत्रकारको भुमिका ठूलो हुने गरेको हुन्छ । पत्रकारलाई दवाउने जस्ता क्रियाकलाप यो देशमा हाल देखिन थालेको छ । यस्तो क्रियाकलाप रोकिनु पर्दछ ।

जहाँ पत्रकारमाथि अंकुश लगाईन्छ त्यहाँ गलत हुदैछ भन्ने कुराको सहज अनुमान लगाउन सकिन्छ । आज एकजना पत्रकारलाई रोकिदैछ भोली अर्कालाई रोक्न सक्छन् यसरी पत्रकारलाई बोल्नबाट रोक्नु भनेको देश कता गइरहेको छ भन्ने कुराको सहज अनुमान लगाउन सकिन्छ ।

कतिपय अवस्थामा गलतकाम दवाउदै गर्दा जनतामाथि निरंकुश तन्त्र लादिन सक्ने हुनसक्छ यस्ता विषयमा पत्रकारले गलत या सहि हो या होइन भन्ने कुरा माथि निशपक्ष ढंगबाट पत्रकारले यो कुरा जनता सामु पुर्याउन सक्नु नै ठूलो उपलब्धि हो भन्दा खासै फरक छैन ।

मैले बुझेसम्म पत्रकार साथीहरूले राजनीति खेल्ने होइन राजनीति गर्नेहरुको गल्तीलाई देखाउने काममा चनाखो भएर लाग्नुपर्छ । पत्रकार साथीहरूले भाषण होइन कलम चलाउनु जान्नुपर्छ । कलम यस्तो हतियार हो जसको मार हतियार भन्दा ठूलो हुन सक्छ ।

पत्रकार साथीहरू कुनै पनि पार्टीको पछि लागेर हिड्नु गलत हो यस्तो क्रियाकलाप रोकिनु पर्छ । मैले बुझे अनुसार नेपालमा कतै यस्तो त छैन भन्ने कुरा लागेको छ । पार्टी जुनसुकै किन नहोस् पत्रकारले गलत छ भने गलत छ भन्ने हिम्मत पत्रकारमा हुनुपर्छ । गलतलाई सहि भनेर लेख्दै गर्दा यसको परिणाम गलत हुन सक्छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !