१० पुस २०८१, बुधबार

कविता – छिटै भेटौला हजुर लकडाउन खुलेसी


शोभा सापकोटा

किन होला आजभोलि मन त्यसै बोली दिन्छ ।
बन्द थियो मनको ढोका उनकै यादले खोली दिन्छ ।

एक मुठी चामलको लागि गास खोज्दैछ जिन्दगी ।
कतै बस्ने झुपडी छैन बास खोज्दैछ जिन्दगी ।

म नहुँदा हजुरलाई चौरासी ब्यञ्जन पनि अपुरो छ ।
उता अरुलाई साग र सिस्नु पनि महगो छ ।

म यता ठिकै छु मनमा पिरले ग्रस्त नहुनु ल ।
आफ्नो शरीरको ख्याल गर्नु काममा मात्र ब्यस्त नहुनु ल ।

हामी टाढा अहिले भएर के भो माया त गाढा छ नी ।
लकडाउन खुलेसी फर्कि आउल छैन केहि टाढा ।

हाम्रो इच्छा मनका काम छन् ति अधुरा ।
पोखौला ति सुख दु:खका बात छन् अपुरा ।

मुहार हेर सानु, मुस्कान हजुरको मिठो कति ?
धेरै तरिफ के गरौं लोभिन्छ देख्ने जति ?

यस्तो होला भनी मैले सपनीमा पनि सोचिन ।
कामना पुरा होस सानु यहाँ भन्दा अरु लेखिन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !