६ पुस २०८१, शनिबार

मानवताकाे खाेजी


मानवताकाे खाेजी

हाे ,
म त्यहि भिडमा थिएँ
जहाँ,
बेसुरका गीतहरू गुन्जीरहेका थिए
जहाँ,
बेतालका मादल बजिरहेका थिए
जहाँ,
मानिस कछुवा जस्तै घिस्रिरहेका थिए
जहाँ,
चेलीहरू अाफ्नै इज्जत बेच्न भाैतारिरहेका थिए
जहाँ,
सहारा गुमाएका र गुमाइएका मानिसहरू थिए
अनि म,
त्याे भिडमा अन्जान बनी सधैंजसाे साेचिरहेकाे हुन्छु
अमुल्य ती अाँशुकाे मुल किन सस्तैमा सुकिरहेकाे छ??
अमुल्य त्याे याैवन ,सस्तैमा किन रित्तिरहेका छ??
सायद,
सबैकाे अाफ्नै बाध्यता त हाेला
म पनि त निर्द्रयी बन्न विविश थिएँ
तर म खाेज्दै थिएँ ,
(हाेमाे सेपियन्स सेपियन्स) भित्र काे मानवता
तर म जाँच्दै थिएँ,
कतै म ढुङ्गे युगमा त अाई पुगिँन ??
फेरि गलत हुन्छन् मेरा अाशङ्का
किनकि ,
अखबारमा छापिन्छन् मानवतादी खबरहरू
किनकि,
पैसामुखी खाेक्राे मानवता देखाउन प्रखर भएका धैरै छन्
काेहि मानवमा धर्मको छाप परेकाे छ
त्यसैले ,
मेराे उद्देश्य हरेक भिडमा पुग्दा फेरिन्छन्
हरेक असफलतासँगै मेटिन्छन्
तर,
हरेक पटक याे मनले सच्चा मानव खाेजिरहन्छ
सच्चा मानवता खाेजिरहन्छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !