११ श्रावण २०८१, शुक्रबार

गजल


ramesh-sapkota

झुल्क युवा डुबेको घाम खोज्ने होइन
जाग युवा सत्ययुगको राम खोज्ने होइन

पसिना बगाएर श्रम बेच्ने युवाहरुले
सृजना गर आफैं काम खोज्ने होइन

आफ्नै देशमा आफैंले कठोर श्रम गरेर
विनाकाम नेपालमा ठाम खोज्ने होइन

इतिहासमा नाम कोर्न पलायन भएर
स्वाभिमानलाई बेचेर नाम खोज्ने होइन ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !