१४ असार २०८१, शुक्रबार

चुनाब


tribendra

निर्वाचनको गीत गाउँदै बोक्न थाल्यौ झोला
गरीबलाइ नोट बाँडी भोट माग्ने होला।
देश बिकास गर्छु भन्ने खोक्रो नारा बोकी
आफ्नै कुर्सी मिलाउनलाइ चुनाब गर्ने होकि ?

अहिले सम्म बिर्सिएका थियौ तिमीले बाटो
फेरि अब दाजुभाइमा आउने होला फाटो।
हामी जनता कति रुनु देशको हालत देखी
आफ्नै कुर्सी मिलाउनलाइ चुनाब गर्ने होकि ?
चुनाब खर्च कति भयो हिसाब गर्यौ कहिले?
यस्ता चुनाब धेरै धेरै भका थिए पहिले।

सत्ता पुग्छौ सधैँ तिमी हाम्रै काँध टेकी
आफ्नै कुर्सी मिलाउन चुनाब गर्ने होकि ?
हिमाल, पहाड, तराइ बग्ने पानीको त्यो भेल
हुने हो कि डलर सित देश साट्ने खेल।

कतै तिमी बिदेशीको आडमा हिड्या छौकी ?
आफ्नै कुर्सी मिलाउनलाइ चुनाब गर्ने हौकी ?
वेवारिसे भयो देश सधैँ तिम्रै कारण
मन छैन बन्नलाइ अर्काकोमा शरण।

हामी सबै एक हौँ न हातमा हात ठोकी
शान्त नेपाल बनाउनलाइ चुनाब गर्ने होकी???


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !