८ आश्विन २०८१, मंगलबार

फेसन गर्ने ठाउँ


renukabhandari

पढ्न होइन छात्र छात्रा नक्कल पार्नलाई आउँछन्।
यो दिल र त्यो दिल कुरा सार्नलाई आउँछन्।।

विद्याको त्यो मन्दिर भनी पूजा गर्थ्यौँ हामी।
आजकालका ठिटाठिटी पलपल टार्नलाई आऊँछन् ।।

बाबु आमाको पसिनालाई मूल्यहीन पारी।
कलेज भनी कता कता चहार्नलाई आउँछन् ।।

हातमा चुरोट कानमा मुन्द्रा इज्जत तिनको हो।
फिलिम फेसन अनेक कुरा गर्नलाई आऊँछन्।।

कलेज आउनु बाध्यता हो रहर हैन तिनको।
किच्च हाँसी उसको मेख मार्नलाई आऊँछन् ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !