लहलह झुलेको धानहरुले
पहेँलो र हरियोको दोसाँधमा
त्यो सोहीसोही खेल्दै गरेको
बाँसको पातहरुसङ्ग जब मितेरी लगाउँछ
तब लाग्छ जिवनका हरेक पलहरु
खेलिरहेछन् यसैगरी सोहीसोही
त्यो मायाको अनुपम शब्दजालमा ।
यो कस्तो खेलहो ?
यो कस्तो मेल हो ?
केही पृथक,
केही समान
अनि केही असमानको बिचमा
धुलो माटो जस्तो
अनि फेरी हिलाम्मे बाटो जस्तो
तर त्यही बाटोको बिचमा
मस्त फुलेको कमल जस्तो,
अर्थ्याएर नसकिने,
बुझाएर नबुझिने,
अनि पुलुक्क हेरेर नदेखिने,
झुलुक्क देखेर नचिनिने,
देख्दा एक अनि हुन्छ अर्कै
यो तमासे जीन्दगी,
कतै बेतामको शङ्का,
कतै निस्फिक्र विश्वाष,
अनि कतै गुमनाम शोच,
केही खुले जस्तो,
कतै रिसाएर फुले जस्तो,
खै खुसी हो की दुखी हो,
त्यो हाँसो होकि रोदन हो,
छुट्याउन नसकिने
डाँडा पारिको सिमलको रुख जस्तो
यो जीन्दगी खै के जीन्दगी? ।।।
बिना बादलको बर्षात जस्तो,
बिना रङ्गको इन्द्रेणी जस्तो,
बोल्न मन भएर नबोलिएको शब्द जस्तो,
सोच्दा सोच्दै स्तब्द विचार जस्तो,
मन नलागी नलागी लेखिएको दुइ चुट्के कविता जस्तो,
अरुले बोलेको मन नपरेको
र आफुले बोल्न नसकेको शब्द जस्तो
साँच्चै क्या तमासको छ यो जिन्दगी ।
यो जीन्दगी खै के जिन्दगी?
अरुलाइ भन्दा हाँसो उठ्ने
तर आफुलाइ भन्दा रिस उठ्ने ठट्टा जस्तो, क्या बेतालको । । ।