एक नेता महान् बन्छ मानिसको हूलले हजुर
बगैंचा नै स्वर्ग हुन्छ मगमगाउने फूलले हजुर
को ठूलो को सानो गलाफाँती किन गर्नु
मान्छे आखिर मान्छे नै हो न कि कुनै कुलले हजुर
संसारमा यही कुरा निकम्मा छ किन भन्नु
दुई अग्ला पर्वतलाई जोड्छ सानो पुलले हजुर
ईश्वर पनि ब्रह्मांडमा दोषमुक्त छैनन् कत्ति
मानिस नै ईश्वर बन्छ अगाडिका भूलले हजुर
मान्छेबाट माथि उठ्न अलिअलि गार्हो नै छ
दुखाउँदैन तपस्वीलाई तीखो तीखो शूलले हजुर