८ बैशाख २०८१, शनिबार

पिडाको जिन्दगीमा…………..


binaya-soti

जीवन दुख, पीडा र संघर्ष को भेल हो |
पिडा र दुख मा रुने मान्छे चाहियो जिन्दगीमा ||

जहिले नी रिजल्ट हेर्दा सुख संधै फेल हो |
थोरै सुख मिल्दा हास्ने मान्छे चाहियो जिन्दगीमा ||

मस्त निद्रामा त हजारौं साथी भेटिन्छन् |
बिपनामा साथ दिने चाहियो जिन्दगीमा ||

मुटुका यि पाना भरि लेखे जिन्दगीमा |
हरेक प्रहर सपनिमा देखे जिन्दगीमा ||

घाऊ थियो छाती भरि मनमा उस्तै पिडा |
जन तन समालेर राखे जिन्दगीमा ||

गाँस बास कपासको चाह राखी मैले |
स्वार्थी बस्ने शहरमा बेचे जिन्दगीमा ||

सयौँ खोला घुम्ती हरु पार गर्दै आज |
यति टाढा रेगिस्तान भेटे जिन्दगीमा ||

परिश्रम र पसिनाको सागर भित्र डुबी |
सारंगीको तार सरि रेटे जिन्दगीमा ||


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !