१ मंसिर २०८१, शनिबार

ए! डक्टर तँ म भित्र बस!


sudarshan-sapkota

ए डक्टर तँलाइ निल्छु म।
तँ म भित्रै बस।

मेरा हरेक तन्तु तन्तु कोष कोसको हेरबिचार गर्नुछ तहिले,
म आजित भैसके,
म ससङ्कित छु।

यो धुलो , धुवा, मिसावाट आनि कुरुप बाताबरणबाट
मेरो यो सालिन मनलाइ
मेरो यो मलिन तनलाइ
मैनबत्तिले आफैलाइ सकाय सरि साकाइ रहेछ सायद।

तर म सकिन चाह्न्न, डाक्टर!
मलाइ मेरो मुटुको माया छ।

मेरो फोक्सोलाई कस्तो छ?
मेरा हरेक नसानसामा के भैरहेछ?

म एक्दम चिन्तित छु।
त्येसैले तलाइ निल्न चहन्छु।
अब तलाइ निल्नुको बिकल्प छैन कोहिसग सायद।

न तँ यो बाटो भत्काउनेलाइ छ।
न बन्दुकले देस थर्काउने लाई छ!

महालमा बस्नेलाइ नि छैन झुपडीमा बस्नेलाइ नि छैन।
नसोचच्नुहोस पजेरो गुडाउनेलाइ छ।

न तँ सडक मा धुवा उडाउनेलाइ छ?
नेतालाई पनि छैन जनतालाई पनि छैन।

किनकि।
मुटु सबैको छ।
फोक्सो सबैको चल्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !