फेरिन्छ क्षण भरमै चाहना फेरिन्छ ।
रिसाउने मान्छे सङ्गै फकाउने बाहाना फेरिन्छ ।।
डर लाग्छ,देशमा निदाएर बिदेशमा ब्युझिन्छु कि ।
रातारात मेरो देशको सिमाना फेरिन्छ ।।
चिट्ठी नै पठाएनौ कि बिर्सियौ तिमिले ।
घर नहुनेहरुको त ठेगाना फेरिन्छ ।।
म जति बद्लिए त्यती आमा बदलिनु भएन ।
र बुझेँ, मान्छे फेरिन्छन र पो जमाना फेरिन्छ ।।