१३ पुस २०८१, शनिबार

गजल-आफ्नै जननी आश्रम पुर्याउने सन्तान थरीथरीको


आफ्नै जननी आश्रम पुर्याउने, सन्तान थरीथरीको ।
देश बिग्रीयो भन्छ, सप्रीयो भन्छ अनुमान थरीथरीको ।।

बा गिता पढ्नुहुन्छ, छोरा वाईबल पढ्छ ।
खै कस्तो तरिका हो मान्ने, भगवान थरीथरीको ।।

नयाँ युग शुरु भयो, ओलि ज्युको बोलीमा ।
बेरोजगार छन, बिचरा जवान थरीथरीको ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !