२६ पुस २०८१, शुक्रबार

हुन्न र यसो गर्न


shova

यो मेरो देश हो मलाई पनि चाहियो भन्न नै पाइन्न र?

किन हाम्रो देशमा हाम्रो केहि हक र अधिकार छैन र?

संसारमा सुन्दर होस् यो मेरो देश; भन्न किन हुन्न र ?

यस्तो राम्रो रहर मलाई पनि लाग्नु; कहिले किन हुँन्न र ?

 

यो देश मेरो यो मुटु भित्र पनि फुल्नु किन कैले हुँदैन र ?

मैले मात्रै मेरो यो देशको भलाई चाहनु किन हुँदैन् र?

स्वाभिमानि हाम्रो शिरमा सुन्दर सगरमाथा हुनु हुन्न र?

सगरमाथा जस्तै हाम्रो शिर पनि स्वाभिमानी हुनु हुन्न र?

 

यो ज्ञानको हो सुन्दर यो तपोभूमि वेदमा विज्ञान फूल्ने !

त्यो विज्ञानलाई युवाहरुले हाँक्नु नेपालमा किन हुँन्न र?

अग्रजहरुले रथमा सारथी बनेर अव हिँड्न देशमा हुन्न र?

मान्य जनहरुको सल्लाहमा यो देश राम्रो बन्नु नै हुन्न र?

 

अन्तरिक्षमा हामी नेपाली जानु किन कहिल्यै पनि हुन्न र?

संसारमा विकास गर्ने नाम पनि राख्नु किन हामीले हुन् र?

अग्रजले बुझुन यो देशको मर्म के कसो हो भनि बुझाउन्

युवाहरुलाई साँचो दिउन है देशको विकासलाई बढाउन्!

 

यहाँ म भनेर हामी सम्पूर्ण नेपालीको प्रतिनीधि भाव र

७० वर्ष उमेर सम्म देश विकास गर्ने उमेर युवा समुहमा राखेँ माले अनि त्यो

भन्दा माथी वौद्दिक अग्रजहरु )

 

किन हामी संसारका असल मानिस कहिल्यै बन्नु हुन् र?

किन हाम्रो मुटुको मायाँ यो देशमा पोख्नु हामीले हुन्न र?

हातमा सत्ता छैन,अधिकार केहि छैन,जनता यस्ता छौँ हामी!

सत्ताधारीले मस्त बुझ्न सक्दैनन् पिडा किन लड्नु हुन्न हामी

 

वालक युवा वनिता मिली आफ्नो देश बनाउँन अव हामी!

अग्रजहरुको अनुभव र ज्ञानको सल्लाहलाई मानी मानी !!

मनको सारा मैलो देश विकासको लहरले हामी अव धोऔँ!

सम्बृद्द यो देशमा बसेर हिमालका कथा मात्रै नै अव लेखौँ!

 

हिमाल पाहाड तराईको सुन्दर सड्गम हो प्यारो मेरो देश!

अनेक जाती नेपालीको मुटुको धडकन हो यो सुन्दर देश

विज्ञानको हलो जोतेर अव खानीहरु हामी आफैँ खोजौँ

खानीबाट सुन ,चाँदी, हिरा र मोती अन्न झैँ हामी रोजौँ!

 

समुन्कद्रको झैँ नदिको पानी हामी पनि त तान्न सक्छौँ!

यो प्यारो देशमा अन्नको भण्डार हामी नि त भर्न सक्छौँ

फोहोर पानीलाई शुद्दपारी खेती लगाउन हामी अव सक्छौ

नदिको पानी शुद्द बनाई जीवन यो धान्न हामी नि सक्छौँ!!

 

विदेश जाने नेताले त्यहाँको बिकास हेर्नु किन हुदैन र?

विदेशको ज्ञानलाई सिकेर आफ्नो देश बनाउनु हुन्न र?

मनमा मायाँ देशको राखी यो देशको विकास हामी गरौँ

जनतालाई सन्तान देशका सम्झी हक र अधिकार दिऔँ!!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !