७ असार २०८१, शुक्रबार

त्यो तिम्रो मन्द मुस्कानमा कुन्नी के छ


bharat-bhandari

तिमी हाँसे मात्र पनि

मेरो अन्तर आत्माको शिथिलता धरासायी हुन्छ,

साँच्चै हो,

त्यो तिम्रो मन्द मुस्कानमा कुन्नी के छ,

त्यो बिगब्याँगको परा शक्ती देखी

कल्प कल्प सम्मको, परिबर्तित बिकिरण ,

रेडियोधर्मी किरण , एक्स -रे तथा बिटा-रे आदी जे होस्,

चाहे त्यो प्रकासको गती होस या त्यो कृष्ण छिद्रको गुरुत्व बल होस्,

सबै सबै नै फिका हुन्छन ।

हो साँच्चै !

त्यो तिम्रो मुहारमा कुन्नी के छ,

प्रभातका कोमल रविका रश्मीहरु

फितलो लाग्छन मलाइ,

किम्बर लाइट पाइपमा पाइने हिरात के टल्कन्छन र  तिम्रो अगाडि,

त्यो अर्काको प्रकाशले टल्कने नाथे चन्द्रमाको के फुर्ती,

त्यो मौसममा मात्र फुल्ने सयपत्री, मखमली या

घामसङ्गै झरी जाने पारिजात

यी सप्पै सप्पै इर्ष्या  गर्छन तिमिलाइ देखेपछी ।

पहरामा फूल्ने त्यो लालिगुराँस होस्,

या अर्काको भरमा उभिने त्यो सुनगाभा,

बिना सुगन्ध अर्काको हातमा सजिने त्यो गुलाब,

बैँशले लालमोही भएर हेमन्तको आगमनसँगै

आकर्षण छर्ने त्यो लालुपाते,

जो जो होस सबैका रङ्ग उड्छन तिमिलाई देखेपछी ।

हो साँच्चै !

धेरै दिनको झरी पछी उघ्रेको निलो आकाश,

त्यो समुद्रको निल गहिराई, शान्तसँग उभिएको त्यो धौलागिरि,

त्यो निलगिरि, मनासलु यि सब सब

लुकिरहेको पाउँछु म तिम्रो आँखाको गहिराई भित्र ।

जब म थकित, निराश, आफैँमा विचलित भएको हुन्छु,

यो चक्षुको शक्ती क्षिण क्षिण हुँदै, म बाहिरी धरातलबाट पुग्छु,

त्यो अचेत अन्तरमनको यात्रामा, त्यही बेला

हो! ठिक त्यही बेला,

जब तिम्रो आँखामा हेर्छु, लाग्छ मैले नदेखेको,

मैले सँधै खोजेको त्यो अपरिचित श्वर्ग त्यही हो,

साँच्चै !!!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !