७ बैशाख २०८१, शुक्रबार

इमान्दारिताको बिल्ला सधैं, नारीलाई नै भिराउछ्न यहाँ


Gajal1
Sabita Bista
सबिता बिष्ट

इमान्दारिताको बिल्ला सधैं, नारीलाई नै भिराउछ्न यहाँ,

टुप्पामा चढाँउदै फेद ढाल्दै, नारीलाई नै गिराउछ्न यहाँ !!

 

अाफ्ना खुशी सारा रित्याई, अरुकै लागि बाँच्छिन् नारी,

पवित्रताकि धनि नारीलाई, अपबित्र भन्दै पिराउछ्न यहाँ !!

 

जन्मैदेखी हेपिन्छिन नारी, लैङगिक् भेदभावको चपेटामा परी,

अन्याय किन नारीलाई मात्रै, पुरुषले नी बाटो बिराउछ्न यहाँ !!

 

फूल जस्ती कोमल नारीलाई, बिटुलाउने तिनै पुरुष हुन्छन,

दोष लाउदै नारीलाइनै, समाजको कठघरामा छिराउछ्न यहाँ !!

 

समाजको नजरमा बेस्या कहलिन्छिन बिनापुरुष नारी मात्रै,

चारित्रताको मूल्य कहिलेसम्म, नारीलाई मात्रै तिराउछ्न यहाँ !!

 

यो पनि पढ्नुहोस् :

राम्रो सँग बोल्दैनौ कस्को कुरा सुन्न थाल्यौ

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !