१३ बैशाख २०८१, बिहिबार

राम्रो सँग बोल्दैनौ कस्को कुरा सुन्न थाल्यौ


Gajal1
Sabita Bista
सबिता बिष्ट

राम्रो सँग बोल्दैनौ कस्को कुरा सुन्न थाल्यौ !

यता मलाई अल्झाई अन्तै जाल बुन्न थाल्यौ !!

 

साथमै जीवन बिताउने कसम खाको भुलेर !

कित अचेल मुटुमा अरु कोहि थुन्न थाल्यौ !!

 

फरक हुँदै गाको छ तिम्रो आनि बानि अचेल !

निको चाला देख्दिन खै कस्लाई चुन्न थाल्यौ !!

 

मिलाउने भन्दा पनि छुटाईदिने छन यहाँ धेरै !

अन्योलमा दोधारे भै मनमा कुरा गुन्न थाल्यौ  !!

 

अजिब कुरा गर्छौ अचेल के के भन्छौ बुझ्दिन !

कतै मलाई फसाउने ताना बाना तुन्न थाल्यौ !!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !