१२ असार २०८१, बुधबार

पूर्व युवराज्ञी हिमानी पनि फेसन शो मा, साथमा नायिकाहरुको क्याटवाक


Former crown princess Himani Shah

काठमाडौं, विभिन्न सामाजिक सेवामा सक्रिय पूर्व युवराज्ञी हिमानी शाह फेसन शोमा सहभागि हुने भएकी छन् । हिमानी ट्रस्ट मार्फत विविध सहयोग एवम् सेवागर्दै आएकी हिमानी द ओरियन फेसन शो–२०१६ मा प्रमुख अतिथीको रुपमा सहभागी हुन लागेकी हुन् ।

११ वर्षदेखि सञ्चालनमा रहेकोे ओरियल बुटिकले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्ने उदेश्यले द ओरियन फेसन शो–२०१६ गर्न लागेको हो । अश्विनी झाले कोरियोग्राफी गर्ने फेसन शोमा श्वेता खड्का, अशिष्मा नकर्मी, सम्पदा बानियाँ, नीता ढुंगाना लगायतका नायिकाहरुसँगै १८ जना व्यवसायिक मोडलहरुले क्याटवाक गर्नेछन् । कार्यक्रमबाट संकलित रकम डाउन सिन्ड्रम सोसाइटी अफ नेपाल, बर्न भ्वाइलेन्ट सर्भाइभर्स नेपाल तथा बेबी लाइफ होमलाई प्रदान गरिने आयोजक संस्थाकी प्रमुख निलम शाही ठकुरीले बताएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ १० गते शुक्रबार आर्मी अफिसर्स क्लबमा फेसन शो आयोजना गरिने जानकारी गराइएको छ ।

कोरियोग्राफर झाले फेसन शोमा डाउन सिन्ड्रम सोसाइटी अफ नेपालका बालबालिका तथा किशोर–किशोरी, बेबी लाइफ होममा आश्रित एचआईभी पीडित बालबालिका तथा बर्न भ्वाइलेन्ट सर्भाइभर्समा रहेका महिलाहरुले समेत पहिरन प्रदर्शन गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !