१० पुस २०८१, बुधबार

दयाहाङ र नम्रता उत्कृष्ट, राष्ट्रिय चलचित्र पुरस्कार


namrata and dayang

१६ असार, २०७३:- चलचित्र विकास बोर्डले आफ्नो स्थापना दिवसको अवसर पारी राष्ट्रपति भवनमा आयोजना गरिएको राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा चलचित्र ‘कब्बडी–कब्बडी’बाट दयाहाङ राई र ‘क्लासिक’ फिल्मबाट नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेता र अभिनेत्री भएका छन्।

२०७२ मा प्रदर्शित फिल्मबाट उत्कृष्टमा ’पशुपतिप्रसाद’ परेको छ भने लेखनमा पनि खगेन्द्र लामिछाने पशुपतिप्रसादबाट उत्कृष्ट बनेका छन् । त्यस्तै यहि फिल्मबाट उत्कृष्ट निर्देशकको पुरस्कारमा दिपेन्द्र के खनालको नाम सार्वजनिक भएको छ ।

छायाँकनमा ’ड्रिम्स’बाट सञ्जय लामा र पुरुषोत्तम प्रधानले पुरस्कारमा आफ्नो कब्जा जमाएका छन् भने सम्पादन तर्फ ’क्लासिक’ फिल्मबाट सुरेन्द्र पौडेल उत्कृष्ट भएका छन् ।

आदिवासी जनजाती फिल्म तर्फ गुरुङ भाषाको फिल्म ’यम्फु देवराली’ उत्कृष्ट बनेको छ भने जुरीले प्रदान गर्ने अधिकार पाएको विशेष पुरस्कार नव निर्देशक भुवन केसीले पाएका छन्।

यसैबीच लाईफटाईम एचिभमेन्ट पुरस्कार बरिष्ठ कलाकार बसुन्धरा भुषाललाई प्रदान गरिने भएको छ । भुषाललाई जनही ३ लाख ५१ हजार र सम्मान पत्रले सम्मानित गरिने भएको हो ।

राष्ट्रपति भवनमा बिहिबार आज साँझ ५ बजेबाट सुरु भएको विशेष कार्यक्रमका बीच उत्कृष्ट सबै बिधामा फिल्मकर्मीलाई राष्ट्रपति विधादेवी भण्डारीको हातबाट पुरस्कार प्रदान गरिनेछ । रमेश बुढाथोकी संयोजकत्वको लय संग्रौला, सरिता लामिछाने, मोहन निरौला, सुशिल पौडेल र करुण थापा सहितको निर्णायक टिमले बर्ष २०७२ मा प्रदर्शनमा आएका फिल्म मध्येबाट उत्कृष्ट फिल्मको छनोट गरिएको  हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !