मुम्बई , भारत, अक्षय कुमारले हालै एउटा फिल्ममा काम गरेवापत ५६ करोड पारिश्रमिक लिने भएका छन् । भारतीय मिडियाले उल्लेख गरे अनुसार निर्देशक दिब्या कुमार खोसालाले अक्षयलाई उक्त रकम दिएका हुन् ।
यस अघि अक्षयले ‘जोली एलएलबी-२’ का लागि ४२ करोड पारिश्रमिक लिएका थिए । निर्देशक दिब्याको यो तेस्रो फिल्म हो । यसअघि उनले यारियाँ र समन रे निर्देशन गरेका थिए । यी दुबै फिल्मले औसत ब्यापार गरेको थियो ।
एक्सन र कमेडीमा जमेका अक्षयका प्राय फिल्म सफल छन् । यही वर्ष मात्रै उनका दुई फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । अक्षयकुमार वर्षमा धेरै फिल्ममा अभिनय गर्ने कलाकारका रुपमा चिनिन्छन् ।