म एउटा सर हुँ यानेकी 'माड्साब्' Nepalpatra म एउटा सर हुँ यानेकी 'माड्साब्'
१३ मंसिर २०७९, मंगलबार

म एउटा सर हुँ यानेकी ‘माड्साब्’


sad teacher

-भरत भण्डारी 
कोही मर्मस्पर्सी भावनामा ब्युँझन्छन्, कोही अत्याबस्यक चाहनामा,
कोही गगन चुम्बी महलमा ब्युँझन्छन त कोही आकासे दर्बार को बहानामा,
कबी हरु भाबुकता  मा ब्युँझन्छन त लेखक हरु सुन्दर स्वोप्निल कृतिमा
देश भक्त हरु पुर्व र पश्चिम मा ब्युँझन्छन त कृशक हरु बहेली बालीमा,
तर्
म अप्रत्याशित बचनमा ब्युँझन्छु अनी तेस्तै चक को धुलो मा
एक जोर पुरानो कपडामा अनि रङ्ग्मङ्गिएको त्यो सपना मा,
अनी कहिले चर्को भाबुकतामा, अनि कतै खुम्चिएको बिवशतामा

किनकी

म हाकिम साब को आदेश हुँ, सर्, यानेकी मास्टर साब!

चर्को घाममा उकालो लाग्दा परै वाट जिस्क्याएर भन्छन “हेलो मास्टर साब कता हो” ?
सँधै ड्युटिमा जाने गरेको उनिहरुलाइ थाहा नभएको पनि होइन, तर पनि उ मलाइ जिस्क्याउँदै छ,

हिस्सी उडाउँदै छ किनकी म एउटा सर हुँ, यानेकी मास्टर साब हुँ!

ट्याउरे मास्टर उकालो लागो, ढिला भैसके क्यार ? ?
ती महाँन गाउँले भनाउँदा हरुको भाबनात्मक आवाज कानमा पर्छन ।
बैरागी हात हरुले पसिना पुच्दै आफैँ सङ्ग परिचय गर्छु,
किनकि
मा एउटा सर हुँ यानेकी मास्टर साब्!

बिधालयको प्राङ्गणमा पुगेपछी चेलाहरुकोफुलेका छातिले एकाएक स्वगत गर्छन्,
सकेसम्म कुइनोले ढेस्सा दिन्छन, अनि सुन्ने गरी भन्छन “ओ त्यो त सर पो रहेछ ।
हरे शिव ! अपमान को ब्याबहार मा झुल्नु पर्ने, लुकेको समाजमा भुल्नु पर्ने,
पालेको हप्काइ, बिध्यार्थीको धम्क्याई सुन्नु पर्ने
म एउटा सर हुँ यानेकी ‘माड्साब्’ ।
पुग्न नपाइ घन्टिले इशारा गर्छ,टुसुक्क बसेर लामो सास तान्छु,
निधार बाट पसिना झर्छ,पसिना पुछ्न नपाउँदै हेड सर भन्छन ‘ए सर घन्टी लागो’
बिचलित मानसिक्ताका साथ गन्तब्यमा पुग्छु ,
हिजो को गृहकार्य माग्दा आँखा छोप्ने कपाल हरु हल्लन्छन ।
सुर्तिका तिता गन्ध नाकमा पर्छन । चुपलागेर पाठ घोकाउँछु ।
कराउँदा कराउँदै घाँटी सुक्छ, हल्लै हल्ला ले कान पट्टाउँछ,
समय को खेल सङ्गै फेरी घन्टी ले बोलाउँछ ।

समय कती चाँडै दौडन्छ, घन्टी कती छिटो चर्कन्छ,
सायद्, पालेले घन्टी खोजे जस्तो, घन्टिले पाले खोजे जस्तो,
पालेले घन्टी ठोके पछी घन्टी कोइशारामा चल्नुछ्,
घन्टी मा सिमित जिन्दगी घन्टी मै बिताउनु छ ।
किनकि, म एउटा सर हुँ यानेकी ‘माड्साब्’ हुँ ।
दिन भरिको चक को धुलो र हाफ टाइम को तातो चियाले ज्ञास्टिक लाइ निम्त्याउँछ,
सधैँको पिडा ले जिबन गुज्रन्छ ।
पिडै पिडा सहेर बिध्यालय जान्छु, किनकी मलाइ परिवार पाल्नु छ ।

धेरै बर्ष पिडा सहेर अस्पताल जान्छु ।डाक्टर लाइ चेक गराउँछु,

सबै शरिर चेक गरेपछी रिपोर्ट दिन्छ, डाक्टर लाई रिपोर्ट चेक गराउँछु,

उस्ले  रिपोर्ट हेर्छ, मुन्टो हल्लाउँछ र सोध्छ,
“तपाँइ जिवनमा कतै मास्टर हुनुहुन्थ्यो” ? ?

रिपोर्ट को अन्तिम मा गाढा अक्षर ले लेखिएको थियो  “ब्लड क्यान्सर ” ।
झसङ्ग भएँ म,

मलाइ क्यान्सर भएछ, श्रीमती र छोराको भबिश्य हावामा उडेछ ।

चक को धुलो र रात दिनको भाषणले मेरो जिन्दगी गएछ ।
अन्तिम पटक  अस्पताल को शैयाबाट चित्कार गर्दै जिवन को कथा यसरी कोर्द्छु,
” हो, हो  म जिबन भरको देउराली अनि मध्यान्तर को चौतारि, ज्ञान दिलाउन
अज्ञानतामा हामफाल्ने एउटा कुशल चर्चित सर यानेकी माड्साब्”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !