काठमाडौं । छुदेन काविमोको उपन्यास ‘उरमाल’ले २०८१ को मदन पुरस्कार पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले ‘उरमाल’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
यसैगरी २०८१ सालको जगदम्बा श्री पुरस्कार प्रेमदेव गिरीलाई दिने निर्णय भएको गुठीले जनाएको छ । पाँच दशकदेखि लोकसंस्कृति क्षेत्रमा सक्रिय गिरीलाई ‘लोक भाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत’ वर्ष २०८१ सालको जगदम्बा श्री अर्पण गर्ने निर्णय गरेको हो ।
यस्तो छ हेर्नुहोस् मदन पुरस्कार गुठीले निकालेको प्रेस विज्ञप्ति













