६ जेष्ठ २०८१, आइतबार

म, म नै हुँ !


कविता

म, म नै हुँ !!!

किनकी …

म मजस्तै छु,

किनकी

मसँग मेरो आफ्नै परिभाषा छ,

आफ्नै बुझाई छ , आफ्नै भोगाई छ,

म संग मेरो आफ्नै जीवन दर्शन छ,

मेरो लागी म सिबाय केही हैन !!!

 

तर,

देखने हरुले मलाई जे पनी देख्छन,

देखने हरुले जस्तो पनी देख्छन,

मभन्दा अग्लो हरु मलाई होचो देख्छन,

मभन्दा होचो हरुले मलाई अग्लो देख्छन,

फेदबाट हेर्नेहरुले मलाई टुप्पामा देख्छन,

टुप्पा बाट हेर्ने हरुले मलाई फेदमा टेक्छन,

 

मभन्दा शुन्दर हरुले मलाई कुरूप देख्छन,

मभन्दा कुरूप हरुले मलाई शुन्दर देख्छन,

मभन्दा थोरै राम्राहरु मलाई नराम्रो देख्छन,

मभन्दा नराम्रो हरु मलाई राम्रो देख्छन,

मभन्दा सोझोशिधा हरु मलाई बांगोटिंगो देख्छन,

अनि,

मभन्दा अलि बांगोहरु मलाई सोझो देख्छन,

 

तर खै मैले थाहा पाउदादेखि,

म जस्तो थिए त्यस्तै छु,

म जहां थिए त्यही छु,

 

हुनसक्छ …

मेरो उमर फेरियो,

मेरो थोरै रूप फेरियो,

अनि थोरै रंग फेरियो,

तर,

म त्यही मान्छे हुँ,

जो हिजो थिए ।

 

र त म भन्छु,

दुनियाले मलाई जस्तो बुझोस,

दुनियाले मलाई जसरी हेरोस ।

 

तर म, म नै हुँ,

म, म जस्तै छु,

म अग्लो नी छूइन

म हुचो नी छैन ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !