तिम्रो त्यो मौनतामा कति धेरै अर्थ छ
त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ
मलाई बाच्न देउ तिम्रो वरिपरी ।
मेरो हरेक यात्रामा हिउँ नापरिदेउ
म बस्ने चौतारीमा हुरी नचलाइदेउ ।
तिम्रो साथमा सबै-सबै ऋतु छ
त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ ।
मलाई बाच्न देउ तिम्रो वरिपरी
हरेक साँझमा आकाश डढेको छ
हरेक बिहान झरी परेको छ ।
तिम्रो हासोमा सबै-सबै मौसम छ
त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ
मलाई बाच्न देउ तिम्रो वरिपरी ।