८ जेष्ठ २०८१, मंगलबार

आँसु


Kabita
Suman Pratibimba
`प्रतिबिम्ब´ सुमन

आजभाली तिमलाई देख्दा पनि आँसु झर्छ,

नदेख्दा पनि आँसु झर्छ ।

थाहाँ छैन,
कुनै चर्चित साहित्यकारले स-शब्द बयान गरे झै,
म तिमलमई प्रेम गर्छु या अलि बढि ?
तर कशम !आजभोली तिम्रो तिनै साहित्यीक शब्दहरुले बयान गर्दा पनि आँसु झर्छ ।
नगर्दा पनि आँसु झर्छ ।

सायद यो नै मेरो कायरताको नमुना होला प्रिये,
तिमले कसैको हात समाएको देख्दा पनि आँसु झर्छ ।
नदेख्दा पनि आँसु झर्छ ।

म आफै अलमल्ल छु आजभोली आफैसगं,
तिमी म बाट टाढा छेउ कि नजीक ?
तर,
तिमलाइ मेरै अघिल्तिर देख्दा पनि आँसु झर्छ ।
टाढा गयै भन्ने सुन्दा पनि आँसु झर्छ ।

म बद्लिए ठ्याक्कै तिमी जस्तै,
तर मलाई नै पस्चाताप छ आज,
कहिले म धन्न बद्लिए भनेर खुशिको आशु झर्छ,
कहिले किन बद्लिए भनेर दुखको आँसु झर्छ ।

आखिर प्रेमले के दिएन ? सब थोक दियो ।
लगेको त जाबो जीन्दगीभरको खुशी मात्र हो ।
त्यसैले,
कहिले सब थोक दियो भनेर शान्त्वनाको आँसु झर्छ,
कहिले सबै खुशी लुट्यो भनेर बेदनाको आँसु झर्छ ।

खै कत्ति झरेको होे यो कुकुरको मुत,
कहिले प्रेमममा थिए भनेर आँसु झर्छ,
कहिले अझै प्रेम गरीरहेछु भनेर आँसु झर्छ ।

कशम  !
आजभोली तिमलाई देख्दा पनि आँशु झर्छ,
नदेख्दा पनि आँसु झर्छ ।

– `प्रतिबिम्ब´ सुमन
सक्रान्ती – ४ मुसेगैरा, तेह्रथुम
हाल : काठमाडौ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !