१० पुस २०८१, बुधबार

कविता – रंगी चंगी पुतली


लुनिभा मानन्धर

रंगी चंगी पुतली
कहाँ जान लागेकी ?
कहाँ घुम्न गएकी ?
कता कता उडेकी ?

तिमी स्कुल जान्छौं की ?
मेरो साथी बन्छौं की ?
म त स्कुल जान्छु नी
तिमी पनि आउछौं की ।

तिमी संगै उड्न पाए
तिमी संगै खेल्न पाए
मा त खुशी हुन्छु नी ।

मेरी प्यारी पुतली
धेरै सानी पुतली
म त कति रमौला
तिमी संग घुमौला

मेरी प्यारी पुतली
रंगीचंगी पुतली

*लुनिभा मानन्धर, कक्षा-७, द हवाइट माउन्टेन स्कुल, धापासी, काठमाडौँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !