२१ बैशाख २०८१, शुक्रबार

भ्यागुताहरू


कविता
सहरिया भ्यागुताहरू
सहरमा बस्छन्
सहरमा रम्छन्
ती गाउँ पस्नै चाहन्नन्
त्यसैले ती
गाउँमा पनि देख्छन्
सहरिया सुख–सुविधाहरू
अर्थात्
रिक्सा, बस, ट्याक्सी
फोन, फ्याक्स र इन्टरनेट
अनि सजगता र सचेततागाउँका भ्यागुताहरू
गाउँमा बस्छन्
गाउँमै रम्छन्
ती सहर जान्नन्
ती सहर जान चाहन्नन्

सहरमा पनि बाँचेको ठान्छन्
गाउँले मौलिकताअर्थात्
निष्पक्षता, निस्वार्थता
श्रमनिष्ठा, स्वावलम्बीपन र नैतिकता
अनि स्वाभिमानीपन र स्वच्छता

सहरिया भ्यागुताहरू सहरमै रम्छन्
गाउँले भ्यगुताहरू गाउँमै भुलिन्छन्
सहरिया भ्यागुताहरूलाई सहर नै सजिलो लाग्छ
गाउँले भ्यगुताहरूलाई गाउँ नै सजिलो
र त भ्यागुताहरू
सहरिया बनेका छन्
गाउँले बनेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !