२१ बैशाख २०८१, शुक्रबार

पाँच हाइकु


सूर्य पौडेल

‘ऊ’ दुखी छैन
टुक्रिएको ‘घडी’ हो
‘समय’ हैन ।

—————-

खेल सकिँदा
राजा, मन्त्री, सिपाही
एकै बक्समा !

———————–

सरल छैन
असम्भव नि हैन
जीवन पथ !

——————-

उमेर बढ्यो
जिन्दगीको नियति
खुशी घटे है ।

—————–

मृत्यु नभुलौँ
जीवनको तयारी
अन्तिम सत्य ।

——————-

सूर्य पौडेल
बा नपा १३ बागलुङ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !