७ पुस २०८१, आइतबार

सिंह, श्रेष्ठ र नायकलाई एक लाखको पुरस्कार


मानववादी पुरस्कार

काठमाडौँ । सामाजिक संस्था ‘वंश–रत्न मेमोरियल ट्रष्ट’ ले आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर तीन जनालाई रु एक–एक लाख राशिको ‘मानववादी पुरस्कार’ प्रदान गरेको छ ।

संस्थाले कोभिड–१९ का कारण स्थागन भएका समेत गरी विसं. २०७८, २०७९ र २०८० सालका पुरस्कार क्रमशः वामपन्थी नेता मोहनविक्रम सिंह, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र भारतीय वैज्ञानिक नरेन्द्र नायकलाई प्रदान गरेको हो ।

वरिष्ठ पत्रकार भैरव रिसालले ती सम्मान प्रदान गर्दै जात, धर्म, वर्ण, लिङ्गभन्दा माथि उठेर मानव जातिको उत्थानमा लाग्नु नै मानववाद हो भने । समाजसेवी बालकृष्ण श्रेष्ठ ‘नेभा’ ले चार वर्षअघि आफ्ना बुबा–आमाको सम्झनामा उक्त संस्था स्थापना गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !