८ पुस २०८१, सोमबार

दिगभ्र्मित पुरुष बाद


girl-in-bike

बिहानै देखी फोनमा किचकिच किचकिच गर्दैथिइन् त्यो दिन्। उनको साथी संग गफिएको मन परेनअरे उनीलाई। “त्यो केटीसंगको फोटोमा त खुब मस्कीएका रैछौ, म संग फोटो खिच्ने बेला चै निधार तिन ठाऊँमा खुम्च्याँउनु पर्ने?” खै के के के के? अलि बढीनै भनि मलाइ त्यस दिन उसले।

सानाभन्दा साना कुरामा किच किच गर्दा रिसै उठेर आयो मलाइ। त्यो दिन म अलि बढी नै रिसाएर भनिदिएँ” “म स्वतन्त्र छु,म सबै महिलाहरुसँग बोल्न सक्छु हिड्न सक्छु, तिमी सँग मायाँ बस्यो भन्दैमा म के सबै महिला सँग तर्किएर हिडम्? मलाइ यस्तो मन पर्दैन”।

एक साता पछी दरबार मार्गको अर्को किनारामा मन्दगतिमा गुडीरहेको मोटरसाइकलको पछाडी उनीलाइ देखेँ। एक्कासी ब्रेक लागे मेरो शरिरको गति मा। मुटु ढक्कै रोकिए जस्तो पो भयो। मानौ ठुलै पहाड मेरा अगाडी खसेजस्तो। आँखाले तोरिका फूल देख्न थाले। कतिखेर अनायासै हातहरुले मोबाइल थिचीसकेछन्। उताबाट आबाज नआउँदै फिल्मी शैलीमा डाइलग मारिएछ ” होण्डा बाट पल्सर मा प्रोमोसन भएकोमा बधाइ छ”

– भरत भण्डारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !