१० पुस २०८१, बुधबार

मनको रहर यस्तो भाछ


Shobha Kafle Khatiwada शोभा काफ्ले खतिवडा

घामले शोभायमान यो देशमा;

जलको प्रवाह बग्ने प्रदेशमा !!

हिमालको हाव र पानीसहित !

पिरती लाउने हरेक प्रदेशमा !!

 

मायाँको घुम्टो मनभरी ओढी

कर्मले सजाऊँ माटोको रड्ग

ईश्वरो आस्था बोकेका हामी

सजाऔँ सातै प्रदेश रमझम !

 

ताराले आकाश नि जगमग हुन्छ

चन्द्रले शोभा कति नै बढ्दछ झन्

गर्वले बाचौँ न तीन कोटी हामी ;

समृद्द पारौँ हाम्रो यो भूमि नि झन्!!

 

घाम पूरा लाग्लान कतै जगतमा

जून पनि पूरा उदाउलान नै कही !

घाम,जूनको यति मिठो सड्गम;

होला मात्र यहीँ देशमा जहीँतहीँ !!

 

हिमाल चुली पर त्यो शिखरबाट ;

पहिलो झुल्का हेर हाँस्दै निकाली

यो जगतको हरेक पिडाहरुलाई

मनकोहर उज्यालोले हामी बढारी

 

देशको हरेक भू-भाग हाँसोस

मेरो प्रियतम तिमी नै हाँसे झैँ

मेरो देश समृद्दिले अव नाचोस्

यो मनमा मेरो मायाँ नाचेझै !!

 

मनको मायाँ जति मझेरिमा;

पोखुँ पोखुँ नै पो जस्तो लाग्छ

अँधेरीमा आकासको त्यो जून

बोकौँ बोकौ नै जस्तो लाग्छ !!

 

टाढाबाट पनि तिमीलाई प्रिय

बोलाऊँ बोलाऊँ कि झैँ लाग्छ

हृदयको हरेक पानाहरु भरी

तिमीलाई नै कोरौँ झैँ लाग्छ !!

 

सारड्गिका धुनहरु पनि अव

मायाँले मित्र रेटुँ रेटुँ झैँ लाग्छ !

नेपालको भाका अव त्यस्मा

जोडी दिऊँ झैँ मनमा भाछ !!

 

कोइलीको अलिकति भाका;

चोरी ल्याइदिऊँ की जस्तो?

त्यो भाकामा मायालु तिमीलाई

सजाऊँ दिऊँ हरपल यस्तो !!

 

जुन देशका हरेक पाखा अनि ;

पखेरीले यो मन लोभ्याउँछन् !

तिनै लेख र बेसीहरु मायाँले ;

आजकल कति बोलाउँदछन् !!

 

खेल्न कति हो मन छ मलाई;

मनको तिम्रो सुन्दर मझेरीमा !

जून ढकमक भएर फुलेको;

पूर्णिमाको त्यो उजेलीमा !!

 

रमाउन मन छ कति हो रातमा;

जूनको शितल हर अँधेरिमा !!

हराउन नै मन छ कति मलाई

हिमालका पवित्र हिऊँहरुमा !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !