१३ आश्विन २०८१, आइतबार

‘अग्रज सुवेदी पत्रकारिता पुरस्कार’वाट गिरी सम्मानित


kuber giri

३० चैत, काठमाण्डौ । ‘अग्रज सुवेदी पत्रकारिता पुरस्कार २०७४’वाट रातोपाटीकर्मी पत्रकार कुबेर गिरीलाई सम्मानित गरिएको छ ।

बक्स अफिस फिल्मी क्लब नेपालले बिहिबार साँझ राजधानीको को अर्गानिक चुल्होमा मा आयोजना गरेको ‘ब्लक बस्टर अवार्ड’ गिरीलाई ११ हजार १ सय ११ नगद सहित सम्मान गरिएको छ । पत्रकारितामा लामो समयदेखिको निरन्तरताको कदर गर्दै गिरीलाई सो सम्मान दिइएको हो ।

कार्यक्रममा गिरीसँगै गोरखापत्र दैनिकका दीपक श्रेष्ठ ‘विहीन’ र रमाइलो छ डटकमका उत्सव रसाइली समेत सम्मानित भए । सोही अवसरमा (दटेलिग्राफ)को मूल्यांकन अनुसार वल्र्ड मोस्ट व्यूटिफूल करेन्सीजमा परेका नेपालको चलनचल्तीमा रहेका सिक्का तथा कागजी नोट डिलाइनर सुन्दर श्रेष्ठलाई विशेष सम्मान दिइयो ।

नयाँ वर्ष २०७५ सालको शुभ–कामना आदानप्रदान समेत गरिएको कार्यक्रममा वर्षभरी प्रदर्शनमा आएका सफल चलचित्र, चलचित्रका निर्माता निर्देशकलाई अवार्ड समेत दिइयो ।

वर्षको ब्लक बस्टर अवार्ड छक्का पञ्जा–२, इनिसियल कारोबार अवार्ड कृ, सुपरहिट अवार्ड पाँच चलचित्र ए मेरो हजुर–२, २ रुपैयाँ, म यस्तो गीत गाउँछु, प्रेम गीत–२ र शत्रुगते पाए ।

कार्यक्रममा सुपर मार्केट विनिङ अवार्ड कान्छी र ऐश्वर्य, वर्षका लक्की फिल्म अवार्ड घामपानी, झ्याँइ कुटी, फाटेको जुत्ता, मिस्टर झोले, राधे, पिंजडा ब्याक अगेन र पब्लिक च्वाइस अवार्ड मंगलमले पायो ।

वर्षभरी निर्माण भएका चलचित्र मध्ये व्यवसायिक रुपमा सफल भएका निर्माण कम्पनीलाई हौसला प्रदान गर्नको लागि अवार्ड कार्यक्रमको आयोजना गरिएको आयोजक बक्स अफिस फिल्मी क्लब नेपालका रामबहादुर सुवेदी (आर.के.)ले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !