Dust in Kathmandu
धुवांधुलो संधै उस्तै बन्छ कि त देश यहाँ,
बिच सडक बिधुत पोल छ बन्छ कि त देश यहाँ,
संधै उस्तै त्यो जाम अनि सिट्ठी फुक्ने काईदा र,
झुण्डिएर सकस यात्रा बन्छ कि त देश यहाँ,
अर्थोपार्जन कछुवा छ बन्छ कि त देश यहाँ,
घोडा दौडमा सुबिधा छ बन्छ कि त देश यहाँ,
निर्णयको उही गति चोरी औंला उ तिर छ,
अस्त व्यस्त पद सोपान बन्छ कि त देश यहाँ,
चिल्लो घस्ने संधै माथी बन्छ कि त देश यहाँ,
निर्धो सोझो मोफसलमा बन्छ कि त देश यहाँ,
यौटा काखा अर्को पाखा गर्नेलाई संधै गाली,
ठेक्का पट्टा कमिसनमा बन्छ कि त देश यहाँ,
*धातामणि पोखरेल साहित्यकार हुनुहुन्छ ।