१४ बैशाख २०८१, शुक्रबार

कथा – हामी मान्छे पनि गधा जस्तै रहेछौं


गधा

एउटा गाउँमा गधा पालेका रहेछन् एकदिन गधालाई छोडि दिएछन् । गधाले गाउ छोडेर अन्तै जाने सुर कसेछ । गाउँको नजिकै देखि जंगल सुरू हुने रहेछ । त्यो जंगलको वीचबाट गधा पसेर अर्को पट्टी निस्कने मनसायले त्यहाँदेखि हिड्न थालेछ । जाँदा-जाँदा एकदिन त्यो गधाले जंगल पार गरेछ ।

यो कुरा त्यहाँका कुकुरले थाहा पाएछन् कुकुरहरू पनि गधा हिडेको बाटो हुदै अर्को गाउमा पुगेछन् । यसरी कुकुर गएको देखेपछि अरू पशुहरू पनि त्यही बाटो हुदै अर्को गाउ पुगेछन् । यसरी गधाले बनाएको बाटोबाट हिड्न थालेकाले राम्रो बनाउन भनेर सरकालाई आह्वान गरेपछि सरकारको तर्फबाट बाटो बनाउन भनेर इन्जिनियर खटाइ दिएछन् ।

इन्जिनियर गाउँमा आई सकेपछि बाटोको बारेमा सोधपुछ शुरू गरेछन् र त्यही गधाले बनाएको गोरेटो बाटो बनाउने सोच जागेर भनेछन् । तर यो बाटो धेरै लामो र अप्ठयारो भएकाले छोटो बाटो बनाउने राय इन्जिनियरले दिएछ । यस विषयमा गाउँमा छलफल शुरू गरेपछि पाका उमेरका केहि व्यक्तिहरूसंग यस विषयमा सोधपुछ शुरू भएछ ।

यो बाटो गधाले बनाएको भन्ने कुरा कतिपयलाई थाहा रहेनछ । गाउँकाले गोरेटो देखेकाले यसैलाई बाटो बनाउने राय व्यक्त गरेकाले यो गोरेटो कसले बनाएको रहेछ भनेर इन्जिनियरलाई उत्सुकता जागेकाले बृद्धहरूलाई राखेर बाटोको बारेमा सोधपुछ गर्दा बाटो गधाले बनाएको भन्ने थाहा भएछ ।

यति सुनेपछि गधाले बनाएको बाटोमा यहाँका बुद्धिजीवीहरू लागेको देख्दा इन्जिनियर लाई आश्चर्य लागेछ । तपाईहरूलाई मैले छोटो बाटो बनाएर दिने सोच गर्दा पनि नमान्नुको कारण बल्ल थाहा भयो साचिकै तपाइहरू पनि गधा नै हुनु हुँदो रहेछ ।

त्यसपछि त्यो बाटो बन्द गराइ छोटो बाटो बनाएर अर्को गाउँ जाने माध्यम बनेको रहेछ । आज गधा जस्तै केहि नबुझि हामी पनि गधा झै पछि लाग्दा देश अर्कालाई सोप्न पुगेकाहरूको भित्री मनसाय बुझ्न सकेनौं । देशमा भएका साना-ठुला सवै उद्योग समाप्त पार्दै गर्दा समेत नबुझ्ने हाम्रो सिंगो समाजको सोच कस्तो लामो गोरेटो पछि लाग्न पुगिएछ ।

बाटो बनाउदा हामीले लामो होइन छोटो बनाउदा चाँडो पुग्न सकिन्छ भन्ने कुरा बुझ्न जरूरी छ । हामीले खनेको र खनेकाले बनाएको बाटो के कस्तो छ भन्ने कुरा बुझ्न नसके खाडलमा जाकिन बेर नहुने कुरा बुझ्न नसक्दा गधाले बनायको बाटो रोज्न बाध्य थिए त्यहाँका जनता ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !