१२ बैशाख २०८१, बुधबार

कविता – ए क्रान्ति फेरि तिमी आऊ


रामचन्द्र तिम्सिना

आवाज बिहिनहरुको आवाज बनेर आऊ !
निरीह सर्वहाराको साहरा बनेर आऊ !!
बलत्कारी विरुद्धको चीत्कार बनेर आऊ !
भ्रष्टाचारि विरुद्धको गर्जन बनेर आऊ !!

बदलिँदो समयको माग बनेर आऊ !
निमुखा जनताको सारथि बनेर आऊ !!
निसस्त्र आउ, हतियार लिएर आऊ तर !
ए क्रान्ति फेरि तिमी आऊ !!

आँधी हुरि तुफान लिएर आऊ !
कालाबजारी र दलाल विरुद्ध मिसाल बनेर आऊ !!
गद्दार साशक विरुद्ध दिवार बनेर आऊ तर !
ए क्रान्ती फेरि तिमी आऊ !!

मार्क्सको बर्को ओढेका माफिया विरुद्ध आऊ
समाजवादको धर्को कोरेका लेण्डुपे विरुद्ध आऊ
प्रचण्डको सतबुद्वी लिएर आऊ
ओलिको सतगती गरेर आऊ
देउवालाई बिपि सम्झाएर आऊ
कम्युनिस्टलाई सिपि सम्झाएर आऊ
ए क्रान्ति फेरि तिमी आऊ
फेरि तिमी आऊ !!

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !