१४ बैशाख २०८१, शुक्रबार

कविता – अर्थ छैन


रामचन्द्र तिम्सिना

ज्ञान नभएको नेता,
सम्मान नभएको फेटा,
र,
मान नभएको बेटा,
अर्थ छैन !!

सत्कार नभएकी श्रीमती,
सम्मान नभएकी छोरी,
अनि,
संस्कार नभएकी बुहारी,
अर्थ छैन !!

ईख नभएको मान्छे,
विष नभएको सर्प,
र,
रिस नभएको शत्रु,
अर्थ छैन !!

पानी नभएको खोलि,
दुलही नभएको डोलि,
र,
तुना नभएको चोली,
अर्थ छैन !!

खल्ती नभएको दौरी,
मह नभएको मौरी,
अनि,
सहारा नभएको लौरी,
अर्थ छैन !!

डुङ्गा नभएको सागर,
बुङ्गा नभएको केरा,
अनि,
ढुङ्गा नभएको बगर,
अर्थ छैन !!

रामचन्द्र तिम्सिना
(आवाज)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !