![दुर्गेश बन्जारा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/120201663_1456537057889905_7294339947287998578_n.jpg?fit=760%2C460&ssl=1)
युबा हरु देशको खम्बा बन्नै पर्ने भो !
अगि बडि देशमा बिकाश गर्नै पर्ने भो !!
मुलुकलाइ समृदिमा धकेल्नको लागि यहाँ !
सिरुपाते टल्काइ अघि सर्नै पर्ने भो !!
देशद्रोहिले चुसी-चुसी सुकाएको हाम्रो देशलाई !
संविधानका भाग धाराले भर्नै पर्ने भो !!
बेचिएको हाम्रो देशलाई फिर्ता ल्याउन अब !
युबा हरु देशमा युद्ध लड्नै पर्ने भो !!
देबकोटा र पासाङलामु जस्तै युबा बनेर !
नेपालीको मनमा शान्ती छर्नै पर्ने भो !!
✍️दुर्गेश बन्जारा
ठुलिबेसी खोटाङ