९ पुस २०८१, मंगलबार

कथा : नपोखिएको प्रेम


नपोखिएको प्रेम

मुनामदन, लैलामज्नु अनि रोमियोजुलियटका कथा फिका भैदिए जसमा अल्लारे अटाउन सकेन, कथा त उसैको हुन्छ जसलाई भोगाईको किस्सा याद छ । यस्तो किन हुन्छ खै मलाई थाहा छैन, अह्ँ केही थाहा छैन मनले एकथोक भन्छ अनि दिमागले अर्को गर्न उक्साईदिन्छ अनि चल्छ निर्जिब शरीर ईसारामा झैँ ।

भोगाईका किस्साहरु आदत बनेर नाचिरहन्छन् दिमागी कसौटिमा एक क्षण थियो त्यो दिन तिमी जिस्किन्थेउ  म झस्किएथे, कसरी भुलौ यी मेरा आदतहरुलाई जो तिम्रा लागि मन स्थिर बनाएर निर्णय लेखिरहेछन् जस्तो कि कसाहीले कुनै जिबित प्राणीको मुटु झिकेर तिर्खाएको झोकमा झैँ रगत पिईरहेछ ।

म त तिम्रो पागल प्रेमी थिए, म त किसान बनेर बालिलाई माया गर्ने भएछु भनौं कि बिद्यार्थी भएर किताब माया गर्ने भएछु । त्यो बेला बढो अचम्मको हुँदो रैछ, तिमीलाई भेट्नु संयोग थियो, मेरो भोगाई तिमिसङ्ग साटिनु पनि स्ंयोग थियो, प्रेम पोखिनु पनि स्ंयोग नै थियो मानी दिँउ ।

अझ यो मन बेचैन भएर तिम्रा प्रेमरुपी शब्दका स्पर्शमा प्रेमिल धुन बनेर सफर पार गरिरहेछ ! जब तिमी नजिक भयौ शरद रितुमा झैँ  रङ्गिचङ्गी हुन थालेथे, चराका चिरबिर छाउन थालेथे लाग्थियो म सासैबिना एक जुक बाँचिदिन्छु, साहस थियो मनभरी अनि दन्त्य कथामा झैँ साहस पनि ! तिमी नारी थियौ अनि म एक पुरुष प्रेम लहर स्वाभाविक लाग्थियो, बर्सौ गफियो अनि भेट भयो, आखिर त्यो भेट छुट्नैको लागि थियो भन्ने सोच्छु अचेल ।

म त नबुझेरै प्रेम गर्ने भएथे उ बेला त्यतिबेला त तिमीलाई प्रेम गर्थे, आज बुझ्ने भएपछी झन् कसरी नगरौंला रामलाई भुकम्पको कम्पनले बरु तर्साएन तिम्रा कटु बचनले तराईमा बाढी पसे झैँ भो, रन्थनिए रोए आँसु लुकाएर लाग्यो सबथोक सकियो मेरो तिमी गएदेखि बर्बाद भए म । समय काट्न कति बेर नै लाग्छ र म त तिम्रो आदतमा पछि परिसकेछु ।

हातहरु काप्छन् कलम समाउदा तिम्रो नाम लेख्न खोज्दा, बहुत छाती पोल्छ मन दुख्छ मन ! तेरो जन्मदिन होनी पागल हेर त घडिमा दिन, हप्ता र बर्ष गर्दै भनेर साथीले भन्दा नि तिम्रो जन्मदिन सम्झिन्थे । तिमी बस्यौ नि जब यो दिलमा निस्कनै नसक्ने गरि या भनौ मैले राखे ताल्चा मारेर । तिमी मैले भेटे मध्येकी राम्री पनि भन्दिन, अझ भन्दा एक झमटमा मन परेको भन्ने जस्तो बक्बास कुरा गर्दिन, बोल्दै जाँदा तिमीसंग दिलको मामला हुनुपर्छ त्यसले बयरको झ्यालमा पछ्यौरी अल्झिए ।

झैँ  यो मन तिमितिरै अल्झिरहेछ।म त झन् बिज्ञानको बिद्यार्थी ,यसको आबिस्कार खुब नियाल्छु अनि सोच्छु तिम्रो मनको कुरा पत्ता लगाउने मेसिन किन  बनाएन जस्तो कि झुट पत्ता लगाउने पोलिग्राफ बनायो !मलाई त मेरै सपनाको हत्यारा भन्छन् मान्छेहरु तर म भन्छु  मेरा सपना तेरा भोगाई भन्दा ठुला छन्,कहिलेकाही सोच्छु पैसा ,इज्जत कमाएर ठुलो मान्छे भैदिम अनि फेरि सोच्छु मेरो ठुलो सपना त तिमी थियौ अनि थाले सोच्न जुन खुशी मेरो मुहारमा छ ती खुशीहरु मेरा आमाबाबुलाई फिर्ता गर्नु छ र सकुँ पनि ।

क्रमश….


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !