१० मंसिर २०८१, सोमबार

मुस्ताङको साग निःशुल्क वितरण


साग

पोखरा, १८ वैशाख । मुस्ताङ जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले तेस्रोपटक आज पोखरामा कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग वितरण गर्नुभएको छ ।

बन्दाबन्दीका कारण मुस्ताङको घरपजोङ गाउँपालिकाका विपन्न परिवारले उत्पादन गरेको साग बिक्री नभएपछि उहाँले आफ्नो निजी खर्चमा खरिद गरी पोखराका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई निःशुल्क वितरण गर्नुभएको हो । उहाँले मुस्ताङबाट प्रतिकिलो रु ३० का दरले साग खरिद गर्नुभएकोे बताउनुभयो ।

पहिलो चारणमा दुई हजार केजी, दोश्रो र तेश्रो चरणमा एक÷एक हजार केजी खरिद गरि वितरण गरेको बताउँदै उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङका ट्रक व्यवसायीले पोखरासम्म साग निःशुल्क ढुवानी गरिदिनु भएको हो ।” हाइअल्टिच्यूटमा उत्पादित अर्गानीक मार्फाको साग नरम, छिटो पाक्ने र स्वादिष्ट हुने भएका कारण पोखरा बजारमा यसको माग उच्च रहेको छ । हवाईजहाजबाट ढुवानी गरिएको सो साग पोखरा बजारमा रु एक सयदेखि एक सय पचास सम्ममा बिक्री हुने गरेको थियो ।
महासङ्घद्वारा फोटो पत्रकारलाई प्रेस ज्याकेट

कास्की– नेपाल पत्रकार महासङ्घ कास्की शाखाले फोटो पत्रकारका लागि प्रेस ज्याकेट वितरण गरेको छ । महासङ्घका जिल्ला सभापति दीपेन्द्र श्रेष्ठले आज फोटो पत्रकारका लागि महासङ्घको लोगो अङ्कित २० थान ज्याकेट फोटो पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष राम गुरुङलाई हस्तान्तरण गर्नुभयो । सो ज्याकेटका लागि गण्डकी प्रदेशसभाका सदस्य मीना गुरुङले आर्थिक सहयोग उपलव्ध गराउनुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरणका लागि जारी लकडाउनका अवधिमा समेत सक्रिय फिल्ड पत्रकारितामा क्रियाशील पत्रकारको सुरक्षा र पहिचानका लागि ज्याकेट वितरण गरिएको महासङ्घले जनाएको छ । यसअघि पहिलो चरणमा क्रियाशील १०० जना पत्रकारलाई ज्याकेटलगायत स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

त्यसैगरी लकडाउनका कारण प्रभावित १७ पत्रकारलाई महासङ्घले यसअघि राहत सामग्री उपलव्ध गराएको थियो । महासङ्घ कास्की शाखाले आफ्ना सबै सदस्यहरुको दुर्घटना बिमा गर्ने र स्थलगत समाचार सङ्कलनमा गर्ने पत्रकारका लागि पोखरा महानगरपालिकाको सहयोगमा पारिवारिक स्वास्थ्य बिमा गर्ने तयारी समेत गरिएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !