६ असार २०८१, बिहिबार

गाँजा खेती अध्ययन गर्न एक महिनाभित्र नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने


रवि लामिछाने फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेती अध्ययन गर्न मन्त्रालयले एक महिनाभित्र नियमावली बनाउने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज शुक्रबारको बैठकमा गृहमन्त्री लामिछानेले औषधि, रिसर्च र उद्योगजन्य प्रयोगका लागि गाँजा उत्पादन सहज गर्न एक महिनाभित्र नियमावली बनाउने बताएका हुन् ।

लामिछानेले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर एक महिनाभित्र नै अध्ययन अनुसन्धानका लागि गाँजा उत्पादन खुला गर्न सहजता दिने बताए । उनले गाँजा खेती अध्ययनमा पदभार ग्रहण गरेदेखि नै चासो दिएको बताए ।

उनले गाँजा खेतीको आवश्यकताका लागि छलफल पर्याप्त भइसकेकोले द्विविधा राख्नु नपर्ने समेत बताए । कानुनमा पनि लेखिएको भन्दै उनले नियमावली बनाएर रिसर्च तत्काल हुने बताए ।

यसरी अध्ययनका लागि स्वीकृति दिएको विषयमा गृह मन्त्रालयले बाधा नपुर्‍याउने उनको भनाइ छ । अध्ययन अनुसन्धान गर्ने कुरामा मन्त्रालयले नियमावली बनाएर बाटो खोल्ने पनि मन्त्री लामिछानेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !