१० असार २०८१, सोमबार

जग्गा बाँझो राखेर भोकै नबसौँ : कृषिमन्त्री भुसाल


डा. बेदुराम भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले स्वदेशमै पसिना बगाउने अभियान चलाउन आग्रह गरेका छन् ।

किसान डेरी उद्योगको शुक्रबार उदयपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले भने– ‘युवाहरु अवसरको खोजीमा विदेश गइरहेका छन्, स्वदेशमै केही गर्न सकिने प्रशस्त आधारहरु छन् । अब बिदेशमा बगाउने पसिना यहीँ बगाउँ भन्ने अभियान चलाएर अगाडी बढ्नुपर्छ ।’

मन्त्री भुसालले बर्षेनी जग्गा बाँझो राख्नेक्रम चलिरहेको समेत दृष्टान्त प्रस्तुत गरे । विभिन्न रिर्पोटका अनुसार देशभर १० लाख भन्दा बढी क्षेत्रफल जग्गा बाँझो रहेको तथ्य प्रस्तुत गर्दै मन्त्री भुसालले बाँझो जग्गालाई प्रयोगमा ल्याउने गरी आगामी आर्थिक बर्षको बजेटमा समावेश गरिएको बताए । जग्गा बाँझो राखेर भोकै बस्ने काम अब बन्द गर्नुपर्नेमा उनको विशेष जोड छ ।

कृषि तथा पशुपन्छीको क्षेत्रमा दिइने अनुदानको सही सदुपयोग हुन नसकेको उनले बताए । अनुदान पाउने तर भाग्ने परिपाटी रहेको भन्दै मन्त्री भुसालले अनुदानको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । साथै कार्यक्रमलाई उत्पादनमुखी बनाएर अगाडी बढ्नुुपर्ने उनले औल्याए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !